लालीगुराँस र सेबको विजयी सुरुआत

2222222222222222222

काठमाडौँ । आयोजक लालीगुराँस नेसनल एकेडेमी ‘ए’ र सेबले तेश्रो लालीगुराँस अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आइतबार विजयी सुरुआत गरेका छन् ।

मनमैजुस्थित घरेलु कोर्टमा लालीगुराँसले हिमालयन ह्याप्पी चिल्ड्रेन एकेडेमी (एचएचसीए) लाई ३०–१५ ले पराजित ग¥यो । लालीगुराँसको जितमा प्रिन्स केसीले ८ अंक योगदान गरे । रवि शर्माको ९ अंक सहयोगमा सेबले ग्रिनफिल्डलाई १९–१४ ले हरायो ।

जुनियर ब्वाइजकै अन्य खेलमा नेरिकले लालीगुराँस ‘बी’ लाई २३–१८, बसुन्धारा नेसनल एकेडेमी (बीएनए) ले हिमरश्मीलाई १५–८, साविक विजेता ग्रिनल्यान्डले भ्याली पब्लिकलाई १७–१४ र महामञ्जुश्रीले एन्जल्स हर्टलाई २४–११ ले पन्छाए ।

विजयी टिमका लागि नेरिकका समिप खत्रीले १३, बीएनएका प्रवेश श्रेष्ठले ७, ग्रिनल्यान्डका दीपेश खड्काले ७ र महामञ्जुश्रीका महेशले १८ स्कोर गरे ।

सिनियर गल्र्समा ग्रिनल्यान्डले काठमाडौं जेभियरलाई ४२–२० ले निराश पा¥यो । ग्रिनल्यान्डकी प्रियंका खड्काले १७ स्कोर गरिन् ।

प्रतियोगिताको लालीगुराँसका प्रिन्सिपल गोपाल बुढाथोकीले निर्णायकलाई बल हस्तान्तरण गरी एक कार्यक्रमबीच उद्घाटन गरे । छ दिने प्रतियोगिताको ब्वाइजमा १४ र गल्र्समा ८ टिम सहभागी छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...