संविधान निर्माण र लोडसेडिङ अन्त्यसंगै अनलाइन उद्योग दर्ताक्रम बढ्दो

Udhyog

काठमाडौँ, । संविधान निर्माण र लोडसेडिङको अन्त्यसङ्गै स्वदेशमा औद्योगिकमैत्री वातावरण बन्दै गएकाले उद्योग दर्ता गर्ने क्रम बढेको छ ।

माघ २ गतेदेखि सुरु गरिएको अनलाइन प्रणालीले निकै ठाँउ लिएको छ । अनलाइन प्रणाली सुरु भएको चार महिनामा १४४ उद्योग दर्ता भइरकेका छन् ।

विभागका प्रवक्ता दुर्गाप्रसाद भूषालले अनलाइन माध्याम सुरु गरेदेखि उद्योग दर्ता गर्ने क्रम बढेको बताए । विभागमा हाल ठूला २७, मझौला ३२ र साना ८५ उद्योग अनलाइनमार्फत दर्ता भएका छन् ।

विभागले १० करोडदेखि २५ करोड लगानी भएको मझौला तथा रु २५ करोडदेखिमाथि लगानी भएको ठूला उद्योगलाई मात्र दर्ता गर्दै आएको छ भने विदेशी लगानीमा सञ्चालित साना उद्योगलाई समेत दर्ता गर्दै आएको छ ।

विभागमा चालु आर्थिक वर्षको दश महिनामा अनलाइनबाट १४४ सहित ४१८ उद्योग दर्ता भएका छन् । जसमध्ये ठूला ८६, मझौला ७५ र साना २५७ उद्योग दर्ता भएको प्रवक्ता भूषालले बताए । आर्थिक वर्षमा विभागबाट ४१० ठूला, मझौला तथा विदेशी लगानीका साना उद्योग दर्ता भएका थिए ।

संविधान निर्माण र लोडसेडिङको अन्त्यसङ्गै स्वदेशमा औद्योगिकमैत्री वातावरण बन्दै गएकाले उद्योग दर्ता गर्ने क्रम बढेको विभागले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...