कामिनीलाई छुन नसकेपछि फोरजीको गिद्धे नजर

Kamini rajvandari

काठमाडौं । सुन्दा विश्वास नलाग्न सक्छ कि अब नेपाल टेलिकमको फोरजी सेवा अवरुद्ध हुँदैछ भन्ने । तर, कर्मचारीको अवरोधका कारण नेपाल टेलिकममा ल्याएको फोरजी सेवामा टेलिकमकै कर्मचारीको गिद्धे नजर लागेपछि बन हुने अवस्थामा पुगेको छ ।

फोरजी सञ्चालमा टेण्डर नपाएका केही भेण्डरको भत्ता खाएर आफ्नै कम्पनीका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीविरुद्ध खनिएका नेपाल टेलिकमका केही आत्मघाती कर्मचारीहरु अहिले कम्पनीको भविष्य गाँसिएको फोरजी सेवा ल्याउन नदिन विभिन्न घातक कदम चाल्ने दुष्प्रयास गर्न छन् ।

कम्पनीको प्रबन्ध निर्देशकमा नियुक्त हुनासाथ राजभण्डारीको निरन्तर प्रयासबाट नेपालमै पहिलोपटक १७ पुसदेखि फोरजी सेवा सञ्चालनमा आएको थियो ।

सरकारले फोरजी सेवा दु्रत गतिमा विस्तार गर्न निर्देशन दिएपछि कम्पनीले नियम अनुसार विद्यमान आयोजनामा प्रावधान भएअनुसार कोर एरियामा तत्कालका लागि अन्तरिम व्यवस्था गरेर फोरजी सेवा विस्तार गर्ने कार्य अगाडी बढाएकी थिइन् । कम्पनीको दीर्घकालीन रणनीतिक योजना अनुसार फोरजी (एलटीई) सेवा ल्याउन टेण्डर गर्ने तयारीमा लागेकी थिइन् ।

तर, अहिले टेण्डर आह्वान गर्ने अन्तिम तयारी भइरहेका बेला भेण्डर कम्पनीको निर्देशनमा कम्पनीकै केही बिकाउ कर्मचारीहरु विद्यमान सिष्टमलाई नै ‘अपग्रेड’ गर्नुपर्नेमा टेलिकमले अनावश्यक टेण्डर हुन लाग्यो भनेर भ्रमपूर्ण समाचार बोकेर विभिन्न सञ्चार माध्यमको ढोका चाहार्न थालेका छन् ।

करोडौं रुपैयाँको लोभलालच र धम्कीका बाबजूद आफूले भनेअनुसार टेण्डर हत्याउन नसकेपछि कम्पनीकै नुन खाएर कम्पनीविरुद्ध लाग्ने केही नैतिकहिन कर्मचारी प्रयोग गरी ती भेण्डरले केही सञ्चार माध्यमलाई रिस पोख्ने आधार बनाउन थालेका छन् ।

एनसेलसँग साठगाँठको आशंका
अहिले दुरसञ्चमर कम्पनीकम्पनी तथा त्यहाँ कार्यरत कर्मचारी र मुलुककै सूचना प्रविधिको विकासको भविष्यसँग गाँसिएको फोरजी सेवा सञ्चालनको अनुमति लिएर सञ्चालनमा आइसकेको छ । यस्तो अवस्थामा सरकारी कम्पनीका कर्मचारीहरु नै नीजि कम्पनीले सञ्चालनमा ल्याएको सेवा वृद्धिका लागि लागेका छन् ।

ती कर्मचारीहरु सरकारी कम्पनी डुवाएर नीजि कम्पनीलाई उकास्ने खेलमा लागेको पाइएको छ । ती कर्मचारीहरुले एनसेललाई फाइदा पु¥याउने र प्रबन्ध निर्देशकलाई असफल बनाउने लागिपरेको बताइएको छ। उनीहरु अहिले प्रवन्ध निर्देशक राजभण्डारीलाई सहज ढंगले हल्लाउन नसकेपछि फोरजी सेवा नै असफल बनाउन लागिपरेका छन् ।

फोरजी सेवा देशको सूचना प्रविधिको विकास गरी जिडीपी बृद्धि तथा आर्थिक विकास र सामाजिक परिवर्तन ल्याउनमा महत्वपूर्ण छ । यो सेवा सूचना प्रविधिमा फोकस गर्ने र स्मार्ट सिटीको विकास गर्ने सरकारको नारालाई सफल पार्ने प्रमुख आधारका रुपमा पनि रहेको छ ।

 

प्रतिकृया दिनुहोस