जिल्ला अस्पताल रोल्पामा चिकित्सक अभाव

Rolpaaspatal

रोल्पा, । जिल्ला अस्पताल रेउघा रोल्पामा चिकित्सकको अभाव हुदा जटिल प्रसूति सेवा ठप्प भएको छ । जसका कारण प्रसूति सेवा लिन आएका सेवाग्राही महङ्गो शुल्क तिरेर उपचारका लागि जिल्ला बाहिर जान बाध्य भएका छन् ।

जटिल प्रसूति सेवाका लागि भवनलगायत सम्पूर्ण पूर्वाधार रहे पनि चिकित्सकको अभावमा सेवा प्रभावित हुँदै आएको अस्पतालले जनाएको छ । अस्पतालमा सो सेवा दिनका लागि तालिम लिएका चिकित्सक नाजिर खान वैशाख २८ गतेदेखि जागिर छोडेर गएपछि सेवा प्रभावित भएको हो ।

रोल्पा नगरपालिका– २ की उमा चन्दले गर्भवती चेक जाँचका लागि जिल्ला अस्पताल गएपनि तालिम प्राप्त चिकित्सकको निरन्तता नहँुदा सेवा लिन कहाँ जाने हो भन्ने कुराले चिन्तित बनाएको बताए ।

आर्थिक अवस्था कमजोर रहेका तथा घरमा सहयोग गर्ने अन्य मान्छे पनि नभएका परिवारलाई निकै कठिन हुने गरेको उहाँको भनाइ छ । अस्पतालमा तालिम प्राप्त चिकित्सक नहुँदा सेवा लिन आएका नौजना सेवाग्राहीलाई यसै महिना जिल्ला बाहिर रिफर गरिएको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाले जानकारी दिएको छ ।

जिल्ला अस्पतालबाट जटिल प्रसूति सेवा सञ्चालन भएसँगै सेवा लिनेको सङ्ख्या ६५ पुगेको जिल्ला अस्पताल रोल्पाका स्टाप नर्स शर्मिला आचार्यले जानकारी दिए । अघिल्ला दुई वर्षमा ३१ जनाले मात्र सेवा लिएकोमा चालु आर्थिक वर्षको वैशाखसम्म ३४ जनाले सेवा लिएको देखिएकाले यसको विश्वसनियता बढिरहेको आचार्यको भनाइ छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...