काठमाडौंमै यस्तो दुर्दशा

एक वर्षसम्म वृद्धलाई घरमै राखियो बाँधेर

Hatkdi

काठमाडौं । काठमाडौं नेपालकै सबैभन्दा धेरै सुविधा भएको ठाउँ । जहाँ आउन सबै मानिस तछाडमछाड गर्छन् । तर, यहाँकै जनजीवन सुन्दा अनौठो मात्रै होइन, कहाली नै लाग्छ ।

राजधानी जस्तो ठाउँमा मानसिक सन्तुलन गुमाउँदा बाँधेर राखिन्छ भन्ने सुन्दा कल्पना गर्न गाह्रो होला । तर, टोखा नगरपालिका ७ की करिब ६५ वर्षीया कान्छी तामाङलाई उनका परिवारले झण्डै एक वर्षदेखि एक वर्षसम्म वृद्धलाई घरमै राखियो बाँधेर अधिकारकर्मीलाई गिज्याउन थालेका छ ।

उनलाई एक वर्षसम्म बाँधेर राखेको कमैले भेउसम्म पाएनन् । बल्लबल्ल उनको एक वर्षपछि उद्धार भएको छ । बल्ल उनी दाम्लोबाट मुक्त भएकी छन् ।

मानसिक अवस्था गुमाएपछि भाग्ने डरले एक वर्षदेखि परिवारले कुर्चीमा डोरीले बाँधेर राख्दै आएका थिए । त्यति मात्रै होइन, दिसापिसाब पनि बसेकै ठाउँमा गराउँदै आएका थिए । विहिबार भने उनको उद्धार गरिएको मानवअधिकारकर्मी दुर्गानाथ दाहालले बताए ।

उनले परिवारको आर्थिक अवस्था कमजोर भएपछि उपचार गर्न समस्या भएका कारण घरमै बाँधेर राखिएको पाइएको उनले बताए । उद्धार गरिएकी तामाङलाई मानव सेवा आश्रमलाई जिम्मा लगाएको छ ।

उनलाई महिला बालबालिका कार्यालय लगायतका विभिन्न संघसंस्था मावनअधिकारकर्मी, सामाजिक अभियन्ता सहितको टोलीले विहीबार उद्धार गरेको हो । उनलाई सो टोलीले तामाङको घरमा कोही नभएपछि टोलीले वडाध्यक्ष र स्थानीयवासीको सहभागितामा उद्धार गरिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...