तरकारीखेतीबाट मनग्य आम्दानी  

Tarkar  kheti

 

भीमदत्तनगर, । धान र गहुँखेतीमा मात्र ध्यान केन्द्रित गरेका इन्द्रबहादुर ऐरले पछिल्ला वर्षमा तरकारीखेतीलाई व्यावसायिक रुपमा अङ्गालेका छन् ।

कञ्चनपुरको बेदकोट नगरपालिका–१ का ऐर विगत चार वर्षदेखि १२ बिगाहा खेतमा अन्नबाली छाडेर तरकारीखेती गर्दै आउनुभएको छ । उनले उत्पादन गरेका तरकारी स्थानीय बजार र भीमदत्तनगरको मण्डीमा खपत हुन्छ ।

हाल उनले दुई बिगाहा खेतमा गोलभेँडामात्रै फलाएका छन् । अन्नबाली भन्दा तरकारीखेतीबाट मनग्य आम्दानी गरेको उनले बताए ।

तरकारीखेतीबाट वार्षिक १० लाखभन्दा बढी आम्दानी हुन्छ,” ऐरले भने बाह्रैमास तरकारी उत्पादनमा जुटेका छन् । तरकारी रोप्ने बेलामा ६० देखि ८० जना मजदुरलाई रोजगारी दिँदैआका छन् ।

सुरुवातमा एक बिगाहाबाट तरकारीखेती सुरु गरेका एरेलाई अहिले तरकारी बिक्री गर्न कुनै समस्या छैन ।

जिल्ला कृषि विकास कार्यालयले समेत तरकारी उत्पादनका लागि सामग्री उपलब्ध गराउँदै आएको छ । धान, गहुँभन्दा तरकारीखेतीमै श्रम गरे बिदेशिनु नपर्ने ऐर बताए । सरकारले तरकारीखेतीलाई व्यावसायिक रुपमा अगाडि बढाउँदै आएका किसानलाई आवश्यक सहयोग गर्नुपर्ने उनको माग छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...