नक्कली नोट छाप्ने एक व्यक्ति पक्राउ

Nakli   note

बुटवल, गैरसरकारी संस्था स्थापना गरी कार्यालय सञ्चालनको नाममा नक्कली नोट छाप्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले अभियुक्त मल्लसँगबाट नक्कली नोट तयार गर्न प्रयोग हुने फ्रि इन्क प्रिन्टर मेसिन, ल्यापटप र नक्कली नोटलगायतका सामानसमेत बरामद गरेको इप्रका, बुटवलका प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीले बताए ।

प्रहरीका अनुसार अभियुक्त मल्लले प्रभु बैंक शाखा कार्यालय, बुटवलमा खाता खोली बैंकमा पैसा साट्ने क्रममा बैंकका कर्मचारीलाई झुक्याएर बैंकबाट आफूले चेक साटेर प्राप्त गरेको पैसा आफूसँगै लगेको नक्कली नोटसँग साट्ने चलाखीपूर्ण काम गर्दै आएका थिए ।

पैसा साट्ने क्रममा मङ्गलबार बैंकले १ हजार दरको ७० थान नक्कली नोट फेला परेको भन्ने प्रहरीलाई सूचना दिएपछि प्रहरीले अनुसन्धान गर्दै जाने क्रममा बैंकमा राखेको सिसी क्यामेराको रेकर्ड हेर्दा पक्राउ परेका मल्लले नक्कली नोट ल्याएको पुष्टि भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिको हो ।

उनको कार्यालय र निवासमा छापा मार्दा ती सामानसमेत बरामद भएको प्रनाउ मरासिनीले बताए । उनको कार्यालय र निवासबाट नेपाली हजार दरका १ हजार थान नोट, ५ सय दरका १सय थान र निजले सञ्चालन गरेको कार्यालयबाट १ हजार २५९ थान र १ सय दरका पाँच थान नोट ल्यापटप, अर्फन हेल्पिङ हेन्ड नामको ब्यानर, अर्फन हेल्पिङ हेन्ड नामको रसिद, रबर छाप र पैसा छाप्न प्रयोगमा ल्याइएका कागजसमेत बरामद भएको बताए ।

प्रतिकृया दिनुहोस