विराटनगरमा लालबावुको फेरि चुलियो चर्चा

किन चाहियो विराटनगरलाई लालबाबु पण्डित नै ?

Lalbabu pandit

विराटनगर । पटकपटक सर्दै आएको स्थानीय तहको दोस्रो चरणको निर्वाचन पूर्वमा सबैको ध्यान तानेको छ । सबैमा उत्साह पनि छाएको छ ।
खासगरी मधेशी मोर्चा पनि निर्वाचनमा आउने पक्कापक्की भएपछि पूर्वका अधिकांस स्थानमा निर्वाचनको रौनकता पनि छाउन थालेको छ । कतिपय स्थानमा सबै पार्टीहरुले उम्मेदवारको टुंगो लगाएर प्रचारप्रसारमा जुटिरहेका छन् भने कचिपय स्थानमा भने उम्मेदवारको टुंगो लाग्न सकेको छैन ।

पूर्वको पूरानो सहरमा पर्छ विराटनगर । अहिले विराटनगरम स्थानीय तहको निर्वाचनको रौनकता बढेको छ । पसलदेखि कार्यालय, सडकदेखि गल्ली जताततै निर्वाचनका कुराले सहर नै गुञ्जयामान भएको छ ।

त्यसमा फेरि पूर्वमन्त्री लालबाबु पण्डितको विषयलाई लिएर फेरि गुञ्जयमान बनेको छ ।

ललबाबु पण्डित उस्ता व्यक्ति हुन्, जसले सामान्य प्रशाषन मन्त्री हुँदा असामान्य काम गरे । जसले नेपालमा बसेर अर्काको देशको नागरिकता साथमा बोकेर ‘म नेपाली हुँ’ भन्नेलाई लाजको पसारो बनाई दिए । पण्डितले कर्मचारीलाई जागिर या डिभीरपिआरमध्ये एक रोज्न भन्दै कानुन बनाएर कार्यान्वयन गराएका थिए । सो कुराले गर्दा पण्डितलाई राष्ट्रवादी, सफल मन्त्रीको रूपमा लिने गरिएको छ ।

तिनै व्यक्तिको आज फेरि चर्चा चलन थालेको छ । उनी विराटनगर महानगरपालिकाको मेयरका लागि उम्मेदवार बन्ने कुराले फेरि विराटनगर मात्रै होइन, देशभर नै चर्चा चल्न थालेको छ ।

एमाले युवा संघका नेता रोहित कोइरालाले फेसबुकमा ‘लालबाबुसहित जीवन घिमिरे, महेश रेग्मी र विनोद ढकालमध्ये को हुँदा उपयुक्त हुन्छ ?’ स्टाटस पोष्ट गरेसँगै विराटनगरमा उथ्थलपुथ्थल नै ल्याइदिएको छ ।

पण्डितले पनि विराननगर महानगरपालिका बने आफु मेयर बन्नसक्ने भनेर पहिले नै बोलेका थिए । तर, माधवकुमार नेपालले पण्डितलाई ‘ब्याक’ हुन भनेपछि चर्चा सेलाएको थियो । राजनीतिक प्रतिसोधका कारण विराटनगरलाई महानगरपालिका बनाइएको थिएन । तर, हाल महानगरपालिका बनेपछि फेरि लालबाबुको माग हुन थालेको छ ।

विराटनगरमा उनको चर्चा चलेको भए पनि उनले तत्काल मानसिकता नबनाएको बताउका छन् । उनले भने, ‘म विकासको कामका लागिपर्छु, तर अहिले नै केही भन्न सक्दिन’ उनले भने, ‘कुरा आएको छ, तर, मलाई कहाँ खटाउने र के जिम्मेवारी दिने भन्ने पार्टीले बोध गर्ला ।’ उनले पार्टीले जिम्मेवारी दिएमा आफु पछि नहट्ने बताउँछन् ।

तर दुर्भाग्य अहिलेसम्म जिल्ला समिति र नगर समितिले नै पण्डितको नाम सिफारिस गरेको छैन ।

यसअघि पहिलो चरणको निर्वाचनमा पोखरा लेखनाथ महानगरपालिकामा पनि एमाले नेता रविन्द्र अधिकारकिो चर्चा थियो । अन्तिम समयमा एमालेले मानबहादुर जिसीलाई उम्मेदवार बनाएको थियो । उनी विजयी पनि भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...