किन इग्नोर गरे कमल थापालाई देउवाले ?

Kamal thapa deuwa

काठमाडौं । हिजो मात्रै निर्वाचित भएका प्रधानमन्त्री शेरबहादुर देउवाले उपप्रधानमन्त्री दिन्छन् र आजै सफथ खाउँला भनेर खुट्टा उचालेर बसेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई प्रधानमन्त्री देउवाले इग्नोर गरेपछि त्यसै थन्किएका छन् ।

नेपाली कांग्रेसका सभापति देउवालाई समर्थन गर्ने बेला राप्रपासँग ४ मन्त्रालय दिने अनौपचारिक सहमति भएपछि २१ गते सिंहदरवार स्थित संसदीय दलको कार्यालयमा बैठक बसेर देउवालाई समर्थन गर्ने निर्णय गरेको थियो ।

पार्टी केन्द्रीय कार्य सम्पादन समितिको सो बैठकमा वरिष्ठ नेता पशुपति समशेर राणाले मधेश समस्या समाधान गर्नैका लागि पनि देउवालाई निःशर्त समर्थन गर्ने अडान लिएका थिए । तर, अध्यक्ष थापाले अहिले तत्काल आफ्नो नेतृत्वमा उपप्रधान नदिएसम्म समर्थन नगर्ने बताउँदै आएका थिए । तर, बहुमत सदस्यले देउवालाई समर्थन गर्नुपर्ने अडान राखेपछि उनी देउवालाई समर्थन गर्न बाध्य भएका थिए ।

तर, दुर्भाग्य सोही दिनदेखि देउवाले थापाको कुरा सुन्न चाहेका छैनन् । २१ गते यता थापाको कुरामा खासै चासो नदेखाएका देउवाले अन्ततः पहिलो चरणमा राप्रपालाई सरकारमा सहभागी गराएनन् ।

देउवा सरकारमा पहिलो चरणमै राप्रपाका चार जना मन्त्री सहभागी बन्ने चर्चा पनि चलेको थियो । सरकारमा सहभागिताका विषयमा नेपाली कांग्रेससँग वार्ता गर्न राप्रपाले महामन्त्री जयन्त चन्दको संयोजकत्वमा दिलनाथ गिरी र कुन्तीकुमारी शाही सदस्य रहेको वार्ता समिति नै बनाएको थियो । सो समितिले सोमबार नेपाली कांग्रेसका नेताहरुसँग चरणबद्ध वार्ता पनि गरेको थियो । तर, पछिल्लो चरणमा नेपाली कांग्रेसले राप्रपालाई वास्ता गर्न छाडेको राप्रपा स्रोतले बताएको छ ।

यो बजारीय हल्ला हो : बड्तौला
दिउँसो १.४५ को साइतमा प्रधानमन्त्री देउवाले राष्ट्रपतिबाट सफथ लिए । त्यही बेला माओवादी, कांग्रेस र लोकतान्त्रिक फोरम गरी सात जनालाई सफथ खुवाए । आजै राप्रपाका चार जनालाई मन्त्री बनाउने तयारी थियो राप्रपाको । तर, देउवाको इग्नोरपछि त्यो सम्भव नभएको बताइन्छ ।

राप्रपा अध्यक्ष थापाले उपप्रधानमन्त्री सहितको मन्त्रालय मागिरहेका छन् । तर, देउवाले कमल थापालाई रुचाएको देखिँदैन । यसले गर्दा पनि कमल थापा उपप्रधानमन्त्री बन्ने सम्भावना न्यून बन्दै गएको छ ।

राप्रपाले पाउने चार मन्त्रालयमा दिपक बोहोरा, सुनीलबहादुर थापा, जयन्त चन्द र दिलनाथ गिरीलाई पठाउने चर्चा चलेको थियो । तर, राप्रपाका सहमहामन्त्री तथा सहप्रवक्ता राजाराम बड्तौलाले कसैलाई सरकारमा पठाउने विषयमा कुरा नभएको बताए ।

उनले यसलाई बजारीय हल्लाको संज्ञा दिए । ‘यो बजारीय हल्ला हो’ उनले भने, ‘सरकारमा जान त पहिले कुरा पनि त मिल्नुप¥यो नि ।’ उनले पार्टी सरकारमा जाने वा नजाने विषयमा पनि छलफल भइरहेको बताए । उनले भने, ‘सरकारमा नगए पनि यो सरकारलाई भोट दिने सहमति थियो, दियौं । अब त्यसपछि जे वातावरण बन्छ, त्यही अनुसार हुन्छ ।’

किन भयो थापाको आलोचना
राजा मान्ने राप्रपा नेपाल र गणतन्त्र मान्ने राप्रपा बीचको एकता अघिसम्म कमल थापालाई अडान राख्न सक्ने नेताका रुपमा धेरैले चित्रण गरेका थिए । तर, दुई ध्रुवका पार्टीबीच एकता भएपछि उनी पटकपटक आलोचनाको सिकार बन्दै आएका छन् ।

खासगरी २० वर्षपछि भएको स्थानीय तहको पहिलो चरणको निर्वाचनमा पहिलो चरणमा लजास्पद हार वेहोरेपछि पार्टीभित्र उनको निक्कै आलोचना हुन थालेको छ ।

पहिलो चरणको निर्वाचनमा राप्रपाले धादिङ जिल्लाको रुवीभ्याली गाउँपालिकामा मात्रै जित हात पारेको छ । अन्य स्थानमा राप्रपाले जित हात पार्न सकेन । राप्रपाका असन्तुष्ट पक्षले यो हार पार्टीभन्दा पनि कमल थापाको ‘हार’ हो भन्दै आएका छन् ।

हारकै सवालमा केही समयअघि वरिष्ठ नेता पशुपति समशेर राणाले त थापाको राजीनामा नै मागेको स्रोतले बताएको छ । त्यति मात्र होइन, उनीमाथि निर्वाचनका बेला गर्नुपर्ने खर्चसमेत नगरी कार्यकर्तालाई वेखर्ची बनाएको आरोप समेत लाग्ने गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...