राप्रपा एक्लै चुनावमा भिड्ने

२ ठाउँमा नेपाली कांग्रेससँग तालमेल

Rpp dkt

धनकुटा । माओवादी केन्द्र र नेपाली कांग्रेससँग चुनावी तालमेलके पर्खाइमा रहेको राप्रपा धनकुटाले अन्नतः एक्लै चुनाव लड्ने घोषणा गरेको छ ।

लामो समयसम्म पनि तालमेलको पक्षमा जुटेको राप्रपाले अन्तिम चरणमा सातै स्थानीय तहमा उम्मेदवार घोषणा गरेको छ । जिल्लाको ३ नगरपालिका र ४ गाउँपालिकाका उम्मेद्वारहरुको नाम घोषणा गरेको हो ।

राप्रपाले धनकुटा नगरपालिकामा बालनन्द भुर्तेललाई मेयरको उम्मेदवार बनाएको छ । उनी धनकुटा नगरपालिकका पूर्व मेयर पनि हुन् । त्यसैगरी उपमेयरमा ताराकुमारी तामाङलाई उम्मेद्वार बनाएको छ । पाख्रीबास नगरपालिकाको मेयरमा श्याम गुरुङ र उपमेयरमा पवित्र श्रेष्ठलाई उम्मेद्वार बनाएको छ । दुवै जना नयाँ अनुहार हुन् ।

गाउँपालिकातर्फ चौविसे गाउँपालिकाको अध्यक्षमा गजेन्द्र बस्नेत र उपाध्यक्षमा चन्द्र बुढाथोकीलाई उम्मेद्वार बनाएको छ । साँगुरीगढी गाउँपालिकामा धर्मध्वज राईलाई अध्यक्ष बनाउको छ । उनी २०५४ को स्थानीय निकायको निर्वाचनमा महाभारत गाविसबाट निर्विरोध अध्यक्ष निर्वाचित भउका थिए । यहाँ राप्रपाले उपाध्यक्षको नाम भने टुंगो लगाउन सकेको छैन । खाल्सा छिन्ताङ शहीदभूमी गाउँपालिकामा अध्यक्षमा गुर्जमान राई उपाध्यक्ष अनिता राईलाई उम्मेद्वार बनाएको छ ।

२ ठाउँमा तालमेल
जिल्लामा संगठन नभए पनि राम्रो प्रभाव भएको राप्रपाले महालक्ष्मी नगरपालिका र छथर जोरपाटी गाउँपालिकामा भने नेपाली कांग्रेससँग चुनावी तालमेल गरेको छ ।

राप्रपाले महालक्ष्मी नगरपालिकामा मेयरमा नेपाली कांग्रेसका जिल्ला सभापति अग्नी पौडेललाई सघाउने भएको छ । महालक्ष्मी नगरपालिकामा राप्रपमा तर्फबाट उपमेयरमा महेन्द्र निरौलालाई उम्मेद्वार बनाएको छ । उनी निर्माण व्यवसायी हुन् ।

राप्रपालाई घातको चिन्ता
राप्रपाले जिल्लामा जित्न सक्ने स्थानीय तहमध्ये छथर जोरपाटीलाई लिएको छ । यसमा राप्रपाले माधव भट्टराईको उम्मेदवार बनाएको छ । यहाँ नेपाली कांग्रेससँग तालमेल भएको छ ।

तर, कांग्रेसका जिल्ला सदस्य निर्मल ओझा अध्यक्षको उम्मेद्वार बनेर प्रचारप्रसार गरिरहेका छन् । यसो हुँदा छथर जोरपाटीमा नेपाली कांग्रेसले घात गर्नसक्ने धेरैको आँकलन छ ।

छथर जोरपाटी गाउँपालिकामा माओवादी केन्द्रको पनि बलियो पकट छ । यसमा हात्तिखर्क बढी माओवादी प्रभावित क्षेत्र हो । यो क्षेत्र पूर्व अर्थमन्त्री स्व. हरिराज खेवाको ठाउँ पनि हो । यहाँ उनकी पत्नि गीता खेवा अध्यक्षको उम्मेदवार बनेकी छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...