अवैध घुस लिँदै गर्दा दुई कार्यकारी अधिकृत पक्राउ

Ghus lidai

सिन्धुली, । सोलार जडानका लागि अवैध घुस लिँदै गर्दा मंगलबार दुई गाउँपालिकाका कार्यकारी अधिकृत पक्राउ परेका छन् ।

सोलार जडानका लागि अवैध पैसा लिँदै गर्दा अधिकृतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गोलन्जोर र फिकल गाउँपालिकाका कार्यकारी अधिकृतलाई इलोक्ट्रोनिक्स पसलबाट घुस लिएको अभियोगमा आयोग सम्पर्क कार्यालय बर्दिवासको टोलीले पक्राउ गरेको हो ।

गोलन्जोरका कार्यकारी अधिकृत भोलाकुमार आलेलाई एक लाख ५१ हजार र फिकलका कार्यकारी अधिकृत सतीश भट्टराईलाई ९० हजार घुस लिएको आरोप लगाइएको छ ।

कमलामाई नगरपालिका– ६ स्टलबजारस्थित धु्रव इलोक्ट्रोनिक्ससँग पाँच लाखको सोलार खरिदमा उनीहरुले पसलेसँग घुस लिँदै गर्दा पक्राउ गरिएको आयोग सम्पर्क कार्यालय बर्दिवासका प्रहरी उपरीक्षक मुकेश सिंहले बताए ।

उनीहरुले सोलारको भुक्तानी गर्नुपर्ने भए पनि पैसा नदिएकै कारण रोक्दै आएका थिए । सिन्धुलीमा यसअघि गत चैत १८ गते कमलामाई सिन्धुलीका नापी सर्वेक्षक सन्तोष श्रेष्ठलाई बाटो छुट्याइदिए बापत २२ हजार पाँच सय घुस लिएको आरोपमा आयोग सम्पर्क कार्यालय बर्दिवासले पक्राउ गरेको थियो ।

प्रतिकृया दिनुहोस