तत्काल कर नीतिमा कुनै परिर्वतन हुँदैन : जिसी

Pokhara gc

पोखरा । व्यवसायीहरूको छाता संगठन पोखरा उद्योग वाणिज्य संघले पोखरा लेखनाथ महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको छ ।

संघले पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीसहित सम्पूर्ण वडाध्यक्ष र कास्कीका ४ वटा गाउँपालिकाका प्रमुख र उपप्रमुखहरूलाई सम्मान गरेको हो ।

कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले सार्वजनिक निजी साझेदारीको अवधारणा अनुसार जननिर्वाचित निकायहरूसँग हातेमालो गर्दै अगाडि बढ्नुपर्ने बताए । उनले कृषिको व्यवसायीकरण, निजी क्षेत्र मैत्री स्थानीय निकाय सहितको स्मार्ट सिटीको बनाउन निजी क्षेत्र सघाउन तयार रहेको बताए । व्यवसायीहरूले जनप्रतिनिधिसँग एकीकृत सम्पत्ति कर, फुटपाथको अनाधिकृत व्यापार, पोके व्यापारी नियन्त्रण लगायतका बिषयमा ध्यान पु¥याउन आग्रह गरे ।

महानगरपालिकाका नवनिर्वाचित प्रमुख मानबहादुर जिसीले संघका सुझाव र गुनासोलाई सम्वोधन गर्दै पारदर्शीता कायम हुने गरी करको निर्धारण गर्ने प्रतिद्धता व्यक्त गरे । उनले तत्काल कर नीतिमा कुनै परिर्वतन नगर्ने पनि बताए।

उनले एमालेको तर्फबाट मेयरमा निर्वाचित भए पनि अहिले महानगरको साझा अभिभावक भएकाले आफूले कुनै राजनीतिक पूर्वाग्रह नराखी जनताको पक्षमा कार्य गर्ने प्रतिबद्धता जनाए । व्यवसायीले कार्यक्रममा छाडा चौपाया नियन्त्रण, औद्योगिक क्षेत्रको व्यवस्थापन, पोखरा बसपार्क निर्माण लगायतका भौतिक पूर्वाधार निर्माणमा महानगरको ध्यान दिन आग्रह गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...