जिरिखिम्ती वितरण केन्द्रबाट ३३ केभीए ट्रान्सफर्मर सेवा विस्तार

तेह्रथुमको सक्रान्ति बजार झिलिमिली  

Dolakha khamti

 

तेह्रथुम, । तेह्रथुमको पूर्वी क्षेत्रको पुरानो तथा ऐतिहासिक व्यापारिक केन्द्र सक्रान्ति बजारमा शनिबारबाट विद्युत् सेवा विस्तार भएको छ ।

आठराई गाउँपालिकाको केन्द्रसमेत सक्रान्ति बजारमा प्राधिकरणले आठराई गाउँपालिकाको केन्द्रसमेत सक्रान्ति बजारमा प्राधिकरणले जिरिखिम्ती वितरण केन्द्रमा रहेको ३३ केभीए ट्रान्सफर्मरबाट मोराहाङ, पोक्लाबाङ, इसिवु हँुदै जम्दार डाँडामा ११ केभीए ट्रान्सफर्मर राखेर बजारमा विद्युत् सुविधा पु¥याएको हो ।

मोराहाङ, पोक्लाबाङ, इसिवु हँुदै जम्दार डाँडामा ११ केभीए ट्रान्सफर्मर राखेर बजारमा विद्युत् सुविधा पु¥याएको हो । लामो प्रयासपछि बल्ल बजारमा विद्युत् विस्तार हुँदा स्थानीय हर्षित भएका छन् ।

नेपाल विद्युत् प्राधिकरणले सक्रान्ति बजारका ७९ घर र छ वटा कार्यालयमा विद्युत् जडान गरेर बत्ती बालेको इन्जिनियर दीपक दाहालले बताए ।

आठराई गाउँपालिकाको केन्द्रसमेत सक्रान्ति बजारमा प्राधिकरणले जिरिखिम्ती वितरण केन्द्रमा रहेको ३३ केभीए ट्रान्सफर्मरबाट मोराहाङ, पोक्लाबाङ, इसिवु हँुदै जम्दार डाँडामा ११ केभीए ट्रान्सफर्मर राखेर बजारमा विद्युत् सुविधा पु¥याएको हो ।

तर इसिवुदेखि सक्रान्ति बजारसम्मका पूरै गाउँमा अझै पनि विद्युतीकरण गरिएको छैन । गाउँपालिकाका सबै वडामा विद्युत् सेवा पुगेको छैन । यसअघि सोलार प्रविधिबाट दैनिक कार्य सञ्चालन गर्दै आएका स्थानीयले केन्द्रीय प्रसारण लाइनको बत्ती बाल्न पाउने भएपछि हर्षित भएका हुन् ।

विद्युत् सुविधा आएपछि सक्रान्ति बजारमा रहेका इलाका प्रशासन, गाउँपालिका कार्यालय, मालपोत, नापी, बैंक तथा वित्तीय संस्थालाई पनि सेवा प्रवाह गर्न सहज भएको छ । वर्षौंपछि बल्ल विद्युतीकरण भएकाले बजारवासी खुसी भएको स्थानीय भोला काफ्लेले बताए ।

विद्युत् नहुँदा छानामाथि ससाना सोलार राखेर व्यवसाय चलाइरहेका व्यापारी र व्यवसायीलाई विद्युतीकरणबाट राहत मिलेको पौडेलले बताए ।

विद्युत् विस्तारका लागि बजारवासीले श्रमदान र नगद सहयोग समेत गरेका छन् । बजार क्षेत्रमा विद्युतीकरणका लागि उद्योग वाणिज्य सङ्घ उपशाखा सक्रान्ति बजारले अगुवाइ गरेको थियो ।

प्रतिकृया दिनुहोस