अर्गानिक कृषि व्यवसाय सञ्चालनमा लागे शिक्षक

Krisi

दाङ, । शिक्षण पेसामा आवद्ध एक जना शिक्षकले दाङमा अर्गानिक कृषि व्यवसाय सञ्चालन गरेका छन् ।

तुलसीपुरको हिमाल एकेडेमिका प्रिन्सिपल मधुसुदन केसीले शिक्षण पेसासँगै तुलसीपुरमा अर्गानिक कृषि व्यवसाय सञ्चालन गरेको हुन् । जिल्लामा पछिल्लो समयमा अर्गानिक खेती हुन छाडेको भन्दै आफू अर्गानिक पंक्षीपालनतिर लागेको बताए ।

केसीले आफ्नै घरमा पाँच सय ५० वटा स्थानीय जातका कुखुरा र पाँच सयवटा हाँस पालेर यो व्यवसाय सुरु गरिएको हो । यसरी अर्गानिक तरिकाले उत्पादन गरेका मासु र अन्डा स्वादिलो र स्वास्थ्यका लागि पनि फाइदाजनक हुने उनको भनाइ छ ।

प्रति कुखुराको अन्डाको मूल्य १४ र बट्टैको अन्डाको मूल्य सात रहेका छन् । यसैगरी कुखुराको मासु प्रति केजी ४५० र प्रति जोडी बट्टै तीन सयमा बिक्री गर्ने गरेको शिक्षक केसीको भनाई छ ।

‘केसीले घरमा नै स्थानीय जातको कुखुराका चल्ला उत्पादन गरी बजारमा लैजाने गर्छन् । उनले उत्पादन गरेका कुखुराको चल्ला पोखरा, वुटवललगायतका सहरमा निर्यात हुने गरेका छन् ।

अर्गानिक कुखुराको चल्ला र बट्टैको माग बढदोछ, जिल्लामा भन्दा पनि बाहिरी सहरमा यसको माग बढी छ जिल्लामा आफँै यसको महत्व बुझाउन सकिएको छैन् । कुखुरा र बट्टैका लागि आफँैले अर्गानिक दाना उत्पादन गर्ने गरेको बताउछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...