सेयर बजार दुई अर्ब बढीको कारोबार  

काठमाडौँ, । धितोपत्र बजारमा यस साता दुई अर्ब ८४ करोड ८३ लाख ४१ हजार बराबरको कारोबार भएको छ ।

नेपाल स्टक एक्चेन्जकाअनुसार ५१ लाख २१ हजार १६० कित्ता सेयर कारोबार भएको छ । कारोबार रकम गत साताको भन्दा ५ दशमलव ८१ प्रतिशत बढी हो । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ११ दशमलव २७ अङ्कले घटेर अन्तिम दिन एक हजार ६०४ दशमलव ३१ अङ्कमा पुगेको छ ।

क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा दुई दशमलव ९४ अङ्कले घटेर ३४० दशमलव ३४ अङ्कमा आइपुगेको छ । यस साता कारोबार रकमका आधारमा स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको १७ करोड ९२ लाख ५० हजार बराबरको सेयर कारोबार भएको थियो ।

कारोबार भएको सेयर सङ्ख्याका आधारमा सिद्धार्थ बैंक कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकका दुई लाख ४७ हजार कित्ता सेयर कारोबार भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...