मैले पहिलो पटक टिभी देखेको दिन जेठ १९

१६ वर्ष लाग्दा पनि खुलेन घटनाको रहस्य

Kamala rasaili - कमला रसाइली

त्यतिबेला म ११ वर्षकी थिएँ । मरो बाल मानस्पटलले ठूल्ठुला राजनीतिक कुराहरु सायदै बुझ्थ्यो । बुबालगायत ठूला मानिसहरुले गरेको गफ भने निक्कै ध्यान दिएर सुन्थेँ ।

वि।संं २०५८ साल जेठ १९ गते अर्थात आजभन्दा ठीक १६ वर्षअघि । अरुबेला भन्दा त्यो दिन निकै फरक थियो । सधैं बिहानीेपख चियाको चुस्कीसँगै गफिने मेरो बुबा र बुबाका साथीहरु त्यो दिन निकै हतास र अत्तिएजस्तो देखिनु हुन्थ्यो ।

रेडियो हातमा बोकेर कहिले यता, कहिले उता गर्दै एक अर्कासँग सोध्नु हुन्थ्यो ‘किन रेडियोले केही भन्दैन ।

एफएम रेडियोहरुमासमेत शोक धुन बजिरहेको सुनिन्थ्यो । यो देशमा के हुन लागेको अब के हुने हो बुवाको कुरा सुनेर मलाई आनौठो लागिरहेको थियो । के भएको हो भन्ने कुरा बुझ्नै सकेकी थिइँन ।

बुबाहरु आत्तिदै घरी यता घरी उता गरेको देख्दा ठुलै घट्ना भएको रहेछ भन्ने मलाई पनि लाग्न थालिसकेको थियो ।

मेरो बुबाको सुनको गहना बनाउने पेशा । बुबा, घर रामेछाप जिल्ला तिल्पुङ गाविस, हाल लिखु गाउँपालिका– ७० देखि करिब तीन घण्टा पैदलयात्राको दूरी धोबी बजारमा भाडामा बस्नु हुन्थ्यो सानो पसल खोलेर । म बुबासँगै बसेर पढ्थेँ ।

बिहान बुबाको पसलमा दुई चार जना जम्मा भएर राजनीतिक गफ नगरेको दिन हुँदैनथ्यो । सधँै चिया पिउँदै गफिने मेरा बुबा र बुबाका साथीहरुको त्यस दिनको व्यवहारले म अचम्ति भइरहेको थिएँ ।

उहाँहरुको कुरैकुरामा मैलै बिस्तारै थाहा पाएँ । राजालाई कसैले हत्या गर्यो । राजा मात्रै होइन राजपरिवार सबै मारिए । अब भने मलाई पनि निक्कै डर लाग्न थाल्यो । राजा भनेको देवता सरह हुन् ।

सबै भन्दा ठूला मान्छे हुन् भन्ने सुनेकी थिएँ मैले । राजालाई त कसैले केही गर्न सक्दैन भन्ने सुनेकी थिएँ । यस्तो ठुलो मान्छेलाई त मारे भने अब हामीलाई झन् के हुने होला बुबाहरुको कुराकानी र अनुहारमा देखिएको त्रासदीपूर्ण भावले पनि मलाई झन डर थपेको थियो ।

ममी र भाइबहिनी घरमा म र बुबा मात्रै धोबीमा अब मलाई आफ्नो मात्रै होइन घरमा ममी र भाइ बहिनीलाई पो के हुने होला भन्ने डर लाग्न थाल्यो । मैले बुबालाई भनेँ ‘बुबा हामी घर जाउँ न । ममीहरुलाई केही भयो भने ।’ केही हुँदैन भन्दै बुबाले सम्झाउनुभयो ।

टेलिभिजनमा एकोहोरो शोक धुन बजेको आवाज बाहिरै सुनिन्थ्यो । मेरो बुबा र म भने बाहिरै बसेर टीभीको आवाज सुनिरहेका थियौं । टेलिभिजनमा दुर्घटनापछिका भावुक दृष्यहरु आउन थालेको आभाष भयो ।

घरि शोक धुन त घरी कोही बोलेको आवाज बाहिर प्रस्टै सुनिन्थ्यो । धरैबेर भइसकेको थियो । बुबा र म भने पर्खालमा बसेर त्यहिँ टीभीको आवाज सुनेर बसेको ।

एघार वर्षे मानसपटलको त्रासदी

बिहानको करिब १० बजिसकेको थियो होला । बुबाहरुले एकदमै चिन्तित देखिनु हुन्थ्यो । उहाँहरु गाँससमेत अड्किएको देखिन्थ्यो । उहाँहरु जतिबेला पनि कसले मार्यो होला राजारानीलाई किन मार्यो होला भन्दै लामो लामो सास फेर्दै चिन्तामा बसेको देखिरहेको थिएँ ।

हामी बस्ने घरबाट करिब एक सय मिटर माथिपट्टी लक्ष्मी श्रेष्ठको घरमा टीभी थियो । त्यहाँबाहेक वरिपरि कहीँ कसैको घरमा पनि टीभी थिएन । बजारमा समेत बिजुली बत्ती नै पुगेको थिएन । अहिलेसम्म पनि बिजुलीको सुविधा छैन त्यहाँ । उहाँहरुले सोलारबाट टीभी चलाउनु हुन्थ्यो । उहाँहरुको घरमा टीभी हेर्नेको भिड नै लाग्थ्यो ।

त्यहीँ टिभी हेर्न जाने भन्दै मेरो बुबालगायत बुबाका साथीहरु जानुभयो । म पनि बुबासँगै टीभी हेर्न गएँ । सबै जना टीभी हेर्न भित्र जानु भयो । टिभी घरको माथिल्लो तल्लामा थियो ।

टेलिभिजनमा एकोहोरो शोक धुन बजेको आवाज बाहिरै सुनिन्थ्यो । मेरो बुबा र म भने बाहिरै बसेर टीभीको आवाज सुनिरहेका थियौं । टेलिभिजनमा दुर्घटनापछिका भावुक दृष्यहरु आउन थालेको आभाष भयो ।

घरि शोक धुन त घरी कोही बोलेको आवाज बाहिर प्रस्टै सुनिन्थ्यो । धरैबेर भइसकेको थियो । बुबा र म भने पर्खालमा बसेर त्यहिँ टीभीको आवाज सुनेर बसेको । मेरो बुबालाई टेलिभिजन नहेरी भएन ।

मलाई यहीँ बस है, भन्दै कतै लाग्नु भयो । एकै छिन्मा एउटा बाँसको भर्याङ लिएर आउनु भएछ । भर्याङ झ्यालमा अड्याउनु भयो र मलाई पनि बोलाउनुभयो ।

सबैजना टीभी हेर्दै रोइरहेका थिए । मँ भने बुबाको हात समातेर झ्यालमा टुक्क्रुक्क बसेँ । मेरो लागि सबैकुरा अनौठोे थियो । म टीभी पनि पहिलो पल्ट हेर्दै थिएँ । त्यो पनि अर्काको झ्यालमा भर्याङ लगाएर । त्यो क्षणलाई म सायदै विर्सौँला । त्यसबेला हामीले करिब २ घण्टा लगातार भर्याङमै उभिएर टीभी हेरेका थियौँ । त्यो दिनभर बुबाले काम पनि गर्नु भएन । जतिबेला पनि रेडियो साथमा लिएर बसिरहनु भएको थियो । म पनि बुबाको अघिपछि गर्दै बसिरहेँ ।

यो दिन सबैका लागि तितो यथार्थ बोकेको अविस्मरणीय क्षण हो । मेरो बाल मानसपटलमा पनि कहिले नमेटिने गरी गडेको छ, यो दिन । मेरो लागि टीभी नयाँ थियो । घट्ना नयाँ थियो । अनि टीभी हेर्ने माध्यम नयाँ थियो । तर मैले बुझेकि थिईँन अरु जस्तै मैले पनि घर भित्रै बसेर टिभी हेर्न किन पाईन, मेरो बुवाले भर्याङमै किन झुण्डिनु पर्यो ।

वीरेन्दै र उनको परिवारका सबै सदस्यको हत्या उनकै छोरा दीपेन्द्रले गरे भन्ने बिनाप्रमाणका हल्लाहरु पनि बाहिर नआएका होइनन् । उता हत्याकाण्डपछि गठन भएको उच्चस्तरीय छानविन टोलीले पनि दीपेन्द्रलाई नै दोषी ठहर्याएको थियो ।

कतिपयले यो हत्याकाण्डलाई राजनीतिको ग्राण्डडिजाइन भनेका छन् भने कतिपयले पारिवारिक द्वन्दले निम्त्याएको घटना भनेका छन् । जे भए पनि यो घटनाको दोषी को हो, किन यो घटना घटाइयो भन्ने रहस्यकै गर्भमा छ ।

१६ वर्ष लाग्दा पनि खुलेन घट्नाको रहस्य

राजा वीरेन्द्रको वंश नै नाश हुनेगरी भएको दरबार हत्याकाण्डा भएको पनि आज १६ वर्ष बितिसक्यो । मेरा बुबा र बुबाका साथीहरुले त्यतिबेला रेडियो सुन्दै गरेको प्रश्न, कसले हत्या गर्यो होला किन हत्या गर्यो होला जस्ता प्रश्नको उत्तर अहिलेसम्म पनि फेला परेको छैन । यति मात्रै होइन, हत्याबारे देखिएका कैयौँ प्रश्नहरु अझै अनुत्तरित छन् ।

वीरेन्द्र र उनको परिवारका सबै सदस्यको हत्या उनकै छोरा दीपेन्द्रले गरे भन्ने बिनाप्रमाणका हल्लाहरु पनि बाहिर नआएका होइनन् । उता हत्याकाण्डपछि गठन भएको उच्चस्तरीय छानविन टोलीले पनि दीपेन्द्रलाई नै दोषी ठहर्याएको थियो । कतिपयले यो हत्याकाण्डलाई राजनीतिको ग्राण्डडिजाइन भनेका छन् भने कतिपयले पारिवारिक द्वन्दले निम्त्याएको घटना भनेका छन् । जे भए पनि यो घटनाको दोषी को हो, किन यो घटना घटाइयो भन्ने रहस्यकै गर्भमा छ ।  जनता समाचार डटकमबाट साभार

प्रतिकृया दिनुहोस

साताको लोकपृय

बालकक्षा शिक्षकको तलब अब दोब्बर, पुग्ला त श्रम ऐन बमोजिम ?

Play group

काठमाडौँ । सामुदायिक विद्यालयका प्रारम्भिक बालकक्षामा पढाउने शिक्षकको तलब दोब्बर हुने भएको छ । उ...