मन्त्री थापाले गरे योग केन्द्र शिलान्यास  

काठमाडौँ, । स्वास्थ्य मन्त्री गगन कुमार थापाले शुक्रबार बूढानीलकण्ठमा राष्ट्रिय पञ्चकर्म तथा योग केन्द्र  भवनको शिलान्यास गरेका छन् ।

 थापाले भवनको शिलान्यास गर्दै परम्परागत उपचार पद्धतिका रुपमा वैकल्पिक चिकित्साको महत्व रहेको र नसर्ने रोगको व्यवस्थापनका लागि सो केन्द्रले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

करिब १३ रोपनी क्षेत्रफलमा फैलिएको सो केन्द्रमा नियमित योग गर्नका लागि हल, प्राकृतिक चिकित्सा तथा अक्कुपञ्चरका साथै वमन, विरेचन, बस्ती, नास्य र रक्तमोक्षन पञ्चकर्म का अभ्यास गरिने छन् ।

मन्त्री थापाले आयुर्वेद र वैकल्पिक चिकित्सा क्षेत्रलाई गाउँदेखि महानगरसम्म विकास गर्नका लागि सरकारले लगानी वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धव खरेलले त्यस क्षेत्रको प्रगतिका लागि स्थानीय विकास तथा पूर्वाधार निर्माणको खाँचो औँल्याए ।

आयुर्वेद विभागका प्रमुख डा वासुदेव उपाध्यायले करिब १ करोडको लागतमा निर्माण गरिने सो केन्द्रलाई नमुनाका रुपमा विकास गरी अन्य प्रदेशमा समेत विस्तार गर्ने योजना रहेको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...