गाईलाई घाँस खुवाएर विश्व दुग्ध दिवस मनाइयो

Dairy1

भद्रपुर, । मानव जीवनको सर्वोत्कृष्ट आहार दुग्धको व्यावसायिक उत्पादन बढाउनुपर्नेमा जोड दिदै गाईलाई घाँस खुवाएर विश्व दुग्ध दिवस मनाइएको छ ।

विश्व दुग्ध दिवसका अवसरमा महारानी साना किसान सहकारी संस्था लिमिटेड, झापाले महारानीझोडामा आयोजना गरेको हो । प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले जीवनको सर्वोत्कृष्ट आहार दुग्धको उत्पादन बढाउनुको विकल्प नरहेको बताए ।

मानव जीवनमा पहिलो आहारका रुपमा रहेको दुग्धको अब व्यावसायिक उत्पादन हुनुपर्ने, एकजनालाई वार्षिक रुपमा ९० लिटर दुग्ध आवश्यक पर्ने तर अहिले जनही ६४ लिटर दुग्धमात्र उपलब्ध हुने गरेको र झापामा वार्षिक ९३ हजार नौ मेट्रिक टन दुग्ध उत्पादन भइरहेकामा यसवर्ष ३ दशमलव ८ प्रतिशत उत्पादन बढेको जिल्ला पशुसेवा कार्यालय, भद्रपुरका चिकित्सक कुमारसिंह खत्रीले जानकारी दिए ।

पूर्वाञ्चल क्षेत्रीय पशु निर्देशनालय विराटनगरका निर्देशक डा तेजबहादुर रिजालले दुग्धको उत्पादनसँगै गुणस्तर र मूल्यमा पनि किसानले ध्यान दिनुपर्नेमा जोड दिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...