स्थानीय निकायमा दुई अर्ब ९४ करोड बजेट

Arthamantralaya

इलाम, । आर्थिक वर्ष २०७४÷७५ मा यहाँका १० वटा स्थानीय तहका लागि सरकारले २ अर्ब ९४ करोड ५५ लाख ४२ हजार बजेट विनियोजन गरेको छ ।

वित्तीय समानीकरण भनेर एक अर्ब ८३ करोड ५७ लाख छ हजार र सःशर्त अनुदान एक अर्ब १० करोड ९८ लाख ३६ हजार विनियोजन गरिएको छ । चारवटा नगरपालिकाका लागि एक अर्ब ५७ करोड ५४ लाख ३१ हजार र गाउँपालिकाका लागि १ अर्ब ३७ करोड १ लाख ११ हजार बजेट विनियोजन गरिएको हो ।

इलाम नगरपालिकाका लागि ४६ करोड ८८ लाख ५१ हजार, देउमाई नगरपालिकाका लागि ३२ करोड १० लाख ६८ हजार, माई नगरपालिकाका लागि ३२ करोड ६४ लाख ४२ हजार र सूर्योदय नगरपालिकाका लागि ४५ करोड ९० लाख ७० हजार बजेट विनियोजन गरिएको छ ।

यस्तै फाकफोकथुम गाउँपालिकाका लागि २५ करोड ६३ लाख ९७ हजार, चुलाचुली गाउँपालिकाका लागि २२ करोड ६७ लाख ५५ हजार, माईजोगमाई गाउँपालिकाका लागि २३ करोड ७६ लाख ६७ हजार, माङ्सेबुङ गाउँपालिकाका लागि २२ करोड तीन लाख छ हजार, रोङ गाउँपालिकाका लागि २२ करोड ९३ लाख ६८ हजार र सन्दकपुर गाउँपालिकाका लागि रु १९ करोड ९६ लाख १८ हजार बजेट छुट्याइएको छ । रासस

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...