बजेट आधा पनि खर्च हुन सकेन् विकास भने ठप्प

म्याग्दी । पुर्ण निर्माण तथा विकासको लागि छुट्याइएको बजेट आर्थिक वर्षको दश महिनाको अवधिमा समेत विकास बजेट आधा पनि खर्च हुन सकेको छैन ।

चालु आव २०७३÷७४ मा जिल्लास्थित सरकारी कार्यालयले सञ्चालन गर्ने विकास योजना तथा कार्यक्रमका लागि हालसम्म ५० करोड २७ लाख चार हजारको अख्तियारी प्राप्त भएको कोष तथा लेखा नियन्त्रक छवीन्द्र बञ्जाडेले बताए ।

बुधबारसम्म अख्तियारी प्राप्त भएको कुल बजेटको ४५।५८ प्रतिशत अर्थात् २२ करोड ९१ लख ६० हजार खर्च भएको बताए । चालु आव सकिन लाग्दा पँुजीगततर्फको २७ करोड ३५ लाख ४४ हजार बजेट खर्च हुन बाँकी छ ।

चालुतर्फ दुई अर्ब ३४ करोड ७७ लाख ६८ हजारको अख्तियारी आएकोमा एक अर्ब ६९ करोड ७२ लाख ३८ हजार खर्च भएको छ ।

गत चैत १० गतेसम्म अख्तियारी आएको रु ४० करोड ४० लाख १४ हजारमध्ये २९।८० प्रतिशत पुँजीगत खर्च भएको बञ्जाडेले बताए । दुई महिनाको अवधिमा रु १० करोड आठ लाख खर्च भएको छ ।

निर्वाचन, स्थानीय तहको खाता सञ्चालनमा भएको ढिलाइ तथा कर्मचारी व्यवस्थापनको समस्याका कारण अपेक्षाकृत पुँजीगत खर्च हुन नसकेको बञ्जाडेको भनाइ छ ।

निर्वाचन सकिएपछि सम्पन्न भएका योजना तथा कार्यक्रमको भुक्तानी र रोकिएका विकासका कामले तीव्रता पाएपछि पुँजीगत खर्चको दर बढेको छ । गत वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लामा दुई करोड ५० लाखभन्दा बढी खर्च भएको कार्यालयले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालयले वार्षिक बजेटसहित ९९ लाख, मुख्य निर्वाचन अधिकृत र पाँचवटा निर्वाचन अधिकृतको कार्यालयले हालसम्म एक करोड ६९ लाख खर्च गरेका कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस