हराउँदैछ दुर्लभ अछामे नौमुठी गाई

वर्षेनी लाखौ खर्च भए पनि प्रभावकारी बन्न सकेन सरकारी कदम

Naumuthe gai

डोटी । सुदूरपश्चिमको विकट पहाडी जिल्ला अछाममा मात्र पाइने नौमुठी गाई लोप हुँदै गएको छ । धेरै दुध उत्पादनका लागि तराईमा पाइने उन्नत जातका जर्सि गाई पाल्न थालेपछि नौमुठी गाई लोप हँुदै गएको हो ।

विभिन्न गैरसरकारी संस्थाले पशुपालनका लागि उन्नत जातका गाई, भैसी उपलब्ध गराएपछि अछामी नौमुठी गाई भन्दा उन्नत जातका गाई पाल्न गर्न प्रेरित छन् । उन्नत जातका गाईले एकैदिनमा ३०–४० लिटरसम्म दुध दिने हँुदा खान र बिक्री गरेर राम्रो आम्दानी हुने भएकाले नौमुठी गाई पाल्न छोडेको पाइएको छ ।

विश्वमै दुर्लभ नौमुठी गाई अछाममा मात्र पाइने र पछिल्लो समय लोप हँुदै जानु दुःखको कुरा भएको साँफेबगरका बिक्रम परियारले बताउँछन् ।

पर्याप्त भएन संरक्षण

सरकारी तथा गैरसरकारी क्षेत्रबाट संरक्षणका लागि भन्दै वर्षेनी लाखौ रुपैयाँ खर्चेर विभिन्न क्रियाकलाप गरिँदै आए पनि खासै प्रभाव पार्न सकेको छैन । जसका कारण भएका गाई त लोप हुँँदै गएका छन् नै, भएका गाईको पनि संरक्षण हुन सकिरहेको छैन ।

अछामी नौमुठी गाई लोप हुन थालेपछि जिल्ला पशु सेवा कार्यालयले अछामको जल्पादेवी, वैजनाथ, घुघुरकोट, खप्तड, बुढाकोट, बाबला, मष्टामाण्डौं, देवीस्थानलाई पकेट क्षेत्र बनाएर कार्यक्रम संचालन गरिरहेको पशु चिकित्सक रामदत्त जोशीले बताए ।

अछामी नौमुठी गाई भीरमा पनि हिड्न सक्ने भएकाले तिव्बत लैजाने गरिएको छ । साथै क्रस हुने समस्याले लोप हुँदै गएको हो । अछाममा पहिलो पटक अछामी नौमुठी गाई संरक्षण समिति गठन गरी जनचेतना जगाउने काम गरिरहेको जोशी बताउँछन् ।
लोपोन्मुख प्रजाती भएकाले यसको विर्य संकलन गर्ने उदेश्यले पशु प्रजनन महाशाखा खुमलटारमा नौमुठी गाईको साँढे पालिएको छ ।

यो गाईको संख्या ज्यादै न्यून भएको र कृषकहरुले पाल्न पनि छाडिसकेकाले लोप हुने स्थितिमा छ । १ सय ५० किलोग्राम तौल भएको यो गाईको संख्या ८ सय ६३ मात्र रहेको छ ।

फरक विषेशता

विश्वको सबैभन्दा सानो प्रजाति भनेर चिनिने अछामी नौमुठी गाई सुदूरपश्चिमको पहाडी जिल्ला अछाममा मात्र पाईन्छ ।
अगाडीको खुट्टादेखि जुरोसम्मको उचाइ मान्छेको हातले नाप्दा ठ्याक्कै नौमुठी हुने भएकाले स्थानीय बोलीचालीमा यसलाई नौमुठी गाई भनिएको हो ।

भीरपाखा जस्तो सुकै ठाउँमा पनि चर्न सक्ने नौमुठी गाईको बिशेषता हो । हेर्दाखेरी कालो रंगको सानो हुने र भीरपाखा जस्तोसुकै अप्ठेरो ठाउँमा पनि गएर चर्न सक्ने, घास थोरै भए पनि अघाउने अन्य पहाडी क्षेत्रका गाईको तुलनामा दुध धेरै दिन्छ ।
यसको दुध सबैभन्दा पोषिलो हुने पशु चिकित्सकहरु बताउछन् । अन्य उन्नत जातका गाईभन्दा नौमुठी गाईको दुधमा सबैभन्दा बढी क्याल्सिएम र क्यालोरी पाईने हुँदा निकै पोषिलो हुने र धार्मिक कार्यमा प्रयोग हुनुको साथै औषधीको रुपमा समेत प्रयोग गरिने गरिएको छ ।

अपूरो इतिहास
परापूर्व कालदेखि पालिँदै आएको यो गाई कहिलेदेखि पाल्न शुरु गरियो भन्ने खासै इतिहास पाइदैन । तर पनि यो गाई अछाममा नै उत्पत्ति भएको हो भन्ने रिएको छ ।

अछाममा मात्र पाइने यो गाई विवाहमा छोरीसँगै गाई पनि दाईजो स्वरुप दिइने प्रचलन रहेकाले बझाङ, बाजुरा र डोटीका केही गाउँमा समेत नौमुठी गाई पाइने गरेको स्थानीय बताउँछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...