भक्तपुर चल्न थाल्यो साझा बस

तोडियो वर्षौंदेखिको ब्यवसायीको सिन्डकेट

Sajha bus

भक्तपुर । बुधबार साझा यातायातले भक्तपुरमा ठूला बसमार्फत थालेको छ ।

साझा यातायातले आजबाट भक्तपुरसम्म आफ्नो बस सेवा विस्तार गरेको हो । साझाका २० वटा बस भक्तपुरको नयाँ बाटोमा चलाउन सुरु गरेको छ ।

वर्षौंदेखिको ब्यवसायीको सिन्डकेटलाई तोड्दै साझाको प्रवेश भएसँगै भक्तपुरमा साना र साँघुरा बसहरुलाई चुनौति थपिएको छ भने स्थानीयले राहत महसुस गरेका छन् ।

लामो समयदेखि साझाको सेवा कुरिरहेको भक्तपुरमा आजदेखि साझाले सानदार प्रवेश गरेको हो ।

 

भब्य स्वागत

विहान साझा भक्तपुर प्रवेश गर्दा स्थानीयले भब्य रुपमा बसको स्वागत गरे । मनोहराबाट सूर्यविनायकसम्म नै ठाउँ(ठाउँमा लाममा बसेका स्थानीले साझाबसलाई स्वागत गरेका हुन् ।

एकसाथ भक्तपुर गएका साझाले स्थानीको न्यानो स्वागत मात्रै पाएन, त्यसमा यत्रा गर्नेहरुले साझालाई धन्यवाद पनि दिए ।

यस्तो छ रुट

अब स्वयम्भुबाट सीतापाइला, कलंकी, रवीभवन, सोल्टीमोड, कालीमाटी, टेकु, त्रिपुरेश्वर, रत्नपार्क, सहीदगेट, थापाथली, माइतिघर, बबरमहल, नयाँबानेश्वर, मीनभवन हुँदै कोटेश्वरसम्म चल्नेछ । सबै बस नयाँबाटो हुँदै भक्तपुरको सूर्यविनायक चोकसम्म आउनेछ ।

कोटेश्वरबाट जडिबुटी लोकन्थली, कैशलटार, गठ्ठाघर, ठिमी, सल्लाघारी हुँदै सूर्यविनायकसम्म साझा बस गुड्ने छ । सूर्यविनायकबाट सोही रुट हुँदै फर्किने बस माइतिघरबाट सिंहदरबार, पुतलीसडक, कमलादी, घण्टाघर, पुरानो बसपार्क, सहीद गेट, त्रिपुरेश्वर, कलंकी हुँदै स्वयम्भु नै फर्किनेछ ।

 

प्रतिकृया दिनुहोस