१०१ औं स्थानमा उक्लिए शेष घले दम्पत्ति, घले दम्पत्तिसँग ६४ करोड ७० लाख डलर सम्पत्ति

Shes ghale

काठमाडौं । यो पटक फेरि शेष घले र उनकी पत्नी जमुना गुरुङ अष्ट्रेलियाका धनाढ्यहरुको सूचीमा चार स्थान माथि उक्लिएका छन् ।

७० भन्दा धेरै देशमा सञ्जाल रहेको गैरआवासीय नेपाली संघका अध्यक्ष रहेका घलेले सो संस्थामार्फत् नेपालको आर्थिक तथा सामाजिक विकासमा सक्रिय रहँदै आएका छन् । उनी २०१३ मा संघको अध्यक्ष बनेका थिए ।

अघिल्लो वर्ष उनीहरुको कुल सम्पत्ति ५८ करोड ६० लाख डलर रहेकोमा यो वर्ष झण्डै १० प्रतिशत बृद्धि गर्दै ६४ करोड ७० लाख डलर पुर्‍याएका थिए ।

धनाड्यहरुको सूची प्रकाशन गर्दै आएको फाइनान्सियल रिभ्यू म्यागेजिनका अनुसार सन् २०१६ मा सूचीको १०५ औं स्थानमा रहेका घले दम्पत्ति यो वर्ष १०१ स्थानमा उक्लिएका हुन् ।

के गर्छन् घले ?
घले दम्पत्तिले विदेशमा मात्रै होइन, नेपालमा पनि विभिन्न स्थानमा लगानी गरिरहेका छन् । उनलाई नेपालीले समाजसेवीको रुपमा चिन्ने गरेका छन् ।

एमआइटी ग्रुप होल्डिङमार्फत् घले दम्पत्तिले शिक्षा र रियलस्टेट क्षेत्रमा लगानी गरिरहेका छन् । त्यति मात्रै होइन, उनीहरुले मेलवर्न इन्स्टिच्यूट अफ टेक्नोलोजी (एमआइटी) पनि सञ्चालन गरेका छन्, जहाँ बिभिन्न देशका करिव ३ हजार ५ सय विदेशी विद्यार्थी अध्ययनरत छन् ।

एमआइटी होल्डिङमार्फत् उनीहरुले रियल स्टेट तथा होटलमा लगानी गरिरहेका छन् । मेलवर्न र सिड्नीका केही महत्वपूर्ण भवनमा उनीहरुको स्वामित्व छ ।

घलेले नेपालमा पनि लगानी गरिरहेका छन् । उनकै लगानीमा झण्डै १२ अर्ब रुपैयाँ लगानीमा काठमाडांैमा शेराटन होटल निर्माण भइरहेको छ । जसको लागत अनुमान गरिएको छ । उनीहरुले हालै युरोपमा पनि होटल क्षेत्रमा लगानी विस्तार गरेका छन् ।

पालमा स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी गर्ने गरी उनीहरुले गत वर्ष मात्रै एक अर्ब रुपैयाँको कोष घोषणा गरेका छन् ।

भुकम्पपीडितका लागि एनआरएनए मार्फत् गोर्खाको लाप्राकमा नमूना वस्ती निर्माणको नेतृत्व गरिरहेका घले र उनकी पत्नी जमुना थुप्रै महिना निर्माण कार्यको अनुगमन गर्दै टेण्टमा बिताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...