रिसले कुलो भत्काउँदा गाउँ नै अन्धकार

१० किलो मिटर कुलो भत्किदा दुई दिनदेखि विद्युत उत्पादन ठप्प

Bidhyut

तेह्रथुम । आफ्नो गज्जामा भएको पानी अर्काले लगिदिन्छ र आफ्नो खेतवारी बाझो हुन्छ भने कसले सहन्छ र ? यस्तै गरेकी छन् आठराई गाउँपालिका–२, खाम्लालुङका लक्ष्मी सुनारले ।

तर, उनको रिसले भने झण्डै २ सय घर परिवार अन्धकारमा बस्नुपरेको छ । उनले आफ्नो जलविद्युत् आयोजनाको कुलोले आफ्नो जग्गामा पहिरो गएको आरोपमा कुलो भत्काइदिएपछि २ परिवार अन्धकारमा बस्न बाध्य भएका हुन् ।

सुनारले कुलो भत्काइदिएपछि २२ किलोवाट क्षमताको कोयाखोला जलविद्युत् आयोजनाको विद्युत उत्पादन बन्द भएको छ । कुलो भत्किएपछि दुई दिनदेखि आयोजनाको उत्पादन ठप्प भएको आयोजनाका अध्यक्ष गोपी ढुंगानाले बताए ।

यस्तो थियो गुनासो
सुनारले कुलोबाट पानी बग्दा आफ्नो जग्गामा पहिरो गएको भन्दै पटक पटक गुनासो गर्दै आएका थिए । कसैले पनि आफ्नो गुनासो नसुनेपछि उनले बुधबार आयोजनाको करिब १० मिटर कुलो भत्काइदिएका छन् ।

विसं २०६४ मा निर्माण भएको परियोजनाको कुलो उपभोक्ता समितिले भने सरकारी जग्गामा पर्ने दाबी गरेको छ । आयोजनाको कुलोमा भत्कायउनेलाई कारवाहीको माग गर्दै उपभोक्ता समितिले इलाका प्रहरी कार्यालयमा उजुरी गरिएको छ ।

केही साताअघि वर्षा र बाढीले क्षति गरेको आयोजनामा साता दिनसम्म लगाएर स्थानीयवासीले श्रमदानसमेत गरेर बनाएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...