प्रहरी कार्यालयमै खानेपानीको हाहाकार

प्यास मेट्न दुई किलोमिटर टाढा पुग्नुपर्ने बाध्यता

Khanepani ko dhara

जुम्ला । जुम्लाको ग्रामीण दुर्गम बस्तीका त कुरै छोडौँ, जिल्ला प्रहरी कार्यालयमै पानीको हाहाकार छ भन्ने सुन्दा अनौठो लाग्न सक्छ । सत्यता त्यही छ ।

द्धन्द्धकालमा भत्काइएको जिल्ला प्रहरी कार्यालयमा झण्डै २ सय जना बस्दै आएका छन् ।

जुम्ला पुनःनिर्माण हुँदाको बेलादेखि खानेपानीको व्यवस्थापन नगरिँदा यो समस्या बढ्दै गएको हो ।

प्रहरी निरीक्षक मुकुन्द रिजालले समस्या समाधानका लागि जिल्ला खानेपानी तथा सरसफाइ सब–डिभिजन कार्यालयमा पनि अनुरोध गर्दा पनि खानेपानीको व्यवस्था हुन नसकेको बताए ।

प्रहरी निरीक्षक कलेन्द्र शाहीले धारामा पानी अनियमित हुँदा दुई किलोमिटर टाढा कर्णाली प्राविधिक शिक्षालय नजिक गाडी लिएर दैनिक पानी ल्याउने गरेको बताए ।

जुनियर अफिसियल सहित सबै प्रहरी जवान लुगा धुन र सरसफाइका लागि तिलानदीमा जान बाध्य छन् । प्यास लागेपनि सोचेको बेला पानी पिउन नपाउँदा सकस परेको विभिन्न मुद्दाको आरोपमा बन्दी जीवन जिउँदै गरेका आरोपितहरु बताउँछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...