सत्य निरूपण आयोगले ७ प्रदेशबाटै अनुसन्धान गर्ने

आयोगले तोक्यो केन्द्रबाटै समन्वयकर्ता

Madhabi vatta

काठमाडौं । सत्य निरूपण तथा मेलमिलाप आयोगले ७ प्रदेश केन्द्रित भएर अनुसन्धान सुरू गर्ने भएको छ ।

आयोगमा परेका उजुरीलाई प्रदेश स्तरबाटै छानवीन गरी टुंगोमा पु¥याउन सातै प्रदेशबाट उजुरी छानविन थाल्ने भएको हो ।

आयोगका प्रवक्ता माधवी भट्टका अनुसार आयोगमा परेका उजुरीलाई समयमै किनारा लाउन सातै प्रदेशबाट छानविन थाल्नुपरेको हो । सबै प्रदेशहरुमा उच्च अदालतका न्यायाधिश, रजिष्टार वा सोही अदालतका जिम्मेवार व्यक्ति संयोजक रहने छन् ।

त्यसका लागि आयोगले समन्यवयका लागि प्रदेश नं. ४ र ६ को समन्वय गर्न माधवी भट्टलाई जिम्मेवारी दिएको छ । त्यसैगरी प्रदेश नं. १ र २ का लागि मञ्चला झा, ३ र ७ का लागि लीला उदासी र प्रदेश नं. ५ का लागि श्रीकृष्ण सुवेदीलाई समन्वयको जिम्मेवारी दिएको छ ।

आयोगले १० वर्षे द्धन्द्धकालमा भएका मानवअधिकारका हनन बारे परेका उजुरीलाई छानवीन गरिरहेको छ । आयोगले ६ नं. प्रदेश अन्तर्गत उच्च अदालत रहेको सुर्खेतमा झण्डै एक हजार उजुरी छानविन हुनेछन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...