६ वर्षमा पनि सुर्तीजन्य पदार्थ विरुद्धको ऐन कार्यान्वयन भएन

Cancer counicl nepal

काठमाडौं । २०६८ मै सुर्तीजन्य पदार्थ विरुद्धको ऐन आएको भए पनि कार्यान्वयन नभएकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

बुधबार क्यान्सर काउन्सिल नेपालको आयोजना र नेपाल टेलिकमको सहकार्यमा विश्व धुम्रपान रहित दिवसको अवसरमा काठमाडौँको रेडन कलेज सामाखुसीमा आयोजित एक दिने अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले एन आएको छ वर्ष पुग्दा पनि कार्यान्वयनमा देखिएको ढिलासुस्तीप्रति आक्रोस पनि व्यक्त गरे ।

क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियाले नेपालमा सुर्तीजन्य पदार्थ रोकथामको लागि जनचेतनामूलक कार्यक्रम र सुर्तीजन्य पदार्थ विरुद्धको ऐन २०६८ लागू गर्न जोड दिनुपर्ने बताए ।

उनले सुर्तीजन्य पदार्थविरुद्धको ऐन प्रभावकारी रुपमा कार्यन्वयन गर्न सकेमा सुर्तीजन्य पदाार्थका कारण हुने रोगहरुमा कमी आउने कुरा बताए ।

विद्यालय उमेरका बालबालिकाको प्रभावले श्ुारुमा सुर्तीजन्य पदार्थको सेवन गरे पनि कालान्तरमा लागू पदार्थको सेवन गर्ने गरेको पाएको बताए । उनले त्यही कारण समाजमा अपराधजन्य घटना बढ्ने गरेको बताए ।

उनका अनुसार नेपालमा प्रत्येक वर्ष १५ हजारभन्दा बढी मानिसहरुले सुर्तीजन्य पदार्थको कारण अकालमा ज्यान गुमाइरहेका छन् ।

सो कार्यक्रममा रेडन कलेजका प्रिन्सिपल प्रा.डा. देवीदत्त पौडेल, क्यान्सर रोग विशेषज्ञ प्रा.डा. विष्णुदत्त पौडेललगायतले गर्भवती महिलाले चुरोट सेवन गरेमा कमतौलको बच्चा जन्मने र बच्चामा विभिन्न किसिमका शारीरिक समस्याहरु देखा परेको बताए ।

डा. पौडेलले सुर्तीजन्य पदार्थ रोकथाम गर्न सकेमा लाखौ रुपैयाको बचत हुने र स्वस्थ समाज निर्माण गर्न योगदान पुग्नेसमेत विश्वास व्यक्त गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...