अस्तव्यस्त क्यान्सर अस्पताल सुधारोन्मुखतर्फ

Cancer hospital

चितवन, । केहि समययता अस्तव्यस्त बनेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल अब देखि सुधारको बाटोमा अगाडी बढ्न थालेको छ ।

कर्मचारीको आन्तरिक गुटबन्दी र सञ्चालक समितिको रिक्ततासँगै सो अस्पताल अस्तव्यस्त बनेको थियो तर सञ्चालक समितिको पूर्णता र तीन साता अघि नयाँ कार्यकारी निर्देशक नियुक्तिसँगै सुधारका काम अघि बढेको हो ।

यसअघि प्रयोगशालामा आवश्यक केमिकल नहँुदा बिरामीका आफन्तले परीक्षणका लागि बाहिर जानुपर्दथ्यो भने एमआरआई, सिटिस्क्यान, मेमोग्रामका लागि पनि लामो समय पालो कुर्नुपर्ने अवस्था थियो । रेडियोथेरापीमा पालो नपाउँदा बिरामीले क्यान्सर अस्पताल भक्तपुर र निजी अस्पतालमा धाउनु पर्दथ्यो । तर पछिल्लो समयमा सो अस्पतालले अतिरिक्त समयमा समेत सेवा दिन थालेपछि ती सबै सेवा यसै अस्पतालमा उपलब्ध हुनथालेका छन् ।

नवनियुक्त कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्य यस अस्पतालमा आएका बिरामी सेवाको अभावमा बाहिर जानु नपरोस् भन्ने उद्देश्यले काम भइरहेको बताए ।

प्रयोगशालामा रिएजेन्ट केमिकल नभएका कारण महत्वपूर्ण परीक्षण गर्न बिरामी अस्पताल बाहिर जानुपर्ने समस्या रहेकोमा ती सबै समस्या आफू आएपछि समाधान भएको बताए ।

त्यसैगरी रेडियोलोजी विभागमा बिग्रिएको एक्सरे सञ्चालनमा ल्याइएको छ भने चार महिनादेखि बिग्रिएर थन्किएको एमआरआई मेसिन सञ्चालनमा आएको छ । यी उपकरण मर्मत गरेर सुचारु गरेको बताए ।

दैनिक तीनदेखि चार जनाको एमआरआई हुने यो अस्पतालमा अहिले आठदेखि १० जनाको हुने गरेको कार्यकारी निर्देशक डा आचार्यले बताए ।

त्यसैगरी सिटिस्क्यान सेवा पनि बिहान र बेलुका सञ्चालनमा ल्याइएको छ । दैनिक चार÷पाँचजनाको मात्रै मेमोग्राम हुने गरेकोमा अहिले १० जनासम्मको मेमोग्राम गरिएको छ भने दैनिक ४५ जनाको मात्र रेडियो थेरापी हुने भएपछि पालो नपाएर बिरामी काठमाडौँं जाने गर्दथे । अहिले दैनिक एक सय जनासम्मको रेडियो थेरापी गरिएको अस्पतालले जनाएको छ ।

त्यसैगरी दुईवटा रेडियो थेरापीका उपकरण खरिदका लागि बोलपत्र प्रक्रिया अघि बढाइएको छ । तीन महिनाभित्रमा ती उपकरण सञ्चालनमा आउने आचार्यले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...