चियाको अध्ययन सुरु पुस महिना भित्रमा सर्भेक्षण सम्पन्न

Chiya bagan

इलाम, । नेपालमै चियाखेती सुरू भएको झन्डै डेढ शताब्दीपछि चिया क्षेत्रको अध्ययन तथा सर्वेक्षण सुरू गरिएको छ । आगामी पुस महिनासम्ममा सर्भेक्षण सम्पन्न गरिनेत थ्याङ्क विभागका निर्देशक बद्रीबहादुर कार्कीले बताए ।

नेपाली चियाको परिचय, त्यसले ओगटेको जग्गा, उत्पादन, क्षेत्रफल, ऋण तथा अनुदानको विवरण सङ्कलन गरिने छ । रासायनिक मल तथा विषादी प्रयोगको असर, रोजगारको अवस्था, बजारको अवस्था, बिक्री मूल्य, र आयात निर्यातसम्बन्धी अध्ययन गरिने बताए ।

चियाखेतीसम्बन्धी सरकारी क्षेत्रबाट अध्ययन नहुँदा राष्ट्रिय योजना आयोगले योजना निर्माण तथा कार्यान्वयन गर्न समस्या भएकाले उक्त सर्भेक्षण थालिएको तथ्याङ्क विभागका अधिकृत गणेशप्रसाद फुयालले बताए ।

 योजना आयोगको सहयोगमा केन्द्रीय तथ्याङ्क विभागले फिक्कलदेखि चियाखेतीको अध्ययन सुरू गरेको हो । एक वर्षमा अध्ययन पूरा गर्ने लक्ष्यका साथ तथ्याङ्क विभागले फिक्कलस्थित चिया उद्यमी, चिया किसान, चिया सहकारी र प्राविधिकसँग छलफल गरेको छ ।

 तत्कालीन इलामका वडाहाकिम गजराजसिंह थापाले इलाम बगानमा विसं १९२० मा चियाको बिरुवा रोपेका थिए । हिले जिल्लाका विभिन्न नगरपालिका र गाउँपालिकाका साथै अन्य जिल्लामा समेत चियाको व्यावसायिक खेती गरिँदै आएको छ । अहिले चियाखेतीमा साना ठूला गरी ३० हजार किसान संलग्न छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...