इवामुराद्वारा पित्तथैलीको शल्यक्रिया शिविर सञ्चालन

Ebamura hospital

भक्तपुर । भक्तपुरको सल्लाघारीस्थित डा इवामुरा मेमोरियल अस्पतालले दुई महिने पित्तथैलीमा रहेको पत्थरीको शल्यक्रिया शिविर सञ्चालन गरेको छ ।

अस्पतालले आयोजना गरेको पत्रकार सम्मेलनमा अस्पतालका व्यवस्थापक रञ्जीत मारिकुले आर्थिक अभाव र जनचेतना नहुँदा वर्षौंदेखि पित्तथैलीको पत्थरीको समस्या लिएर बसेका बिरामीको उपचार गर्ने उद्देश्यले शिविर सञ्चालन गरेको बताए ।

वैशाख १५ गतेदेखि एक महिने शिविर सञ्चालन गरेकोमा बिरामीको चाप बढेपछि असार १५ गतेसम्मका लागि शिविर थप गरेको जानकारी दिए ।

अत्याधुनिक दूरबिन प्रविधिबाट गरिने शल्यक्रिया शिविरमा बिरामीको चाप बढेपछि अस्पतालले एक महिना शिविर थप गरेको बताए । । शिविरमा एक महिनाको अवधिमा २० जनाको पित्तथैलीको शल्यक्रिया भएको छ ।

शिविरमा भक्तपुरलगायत धादिङ, झापा, गोरखा, जनकपुर र बुटवलका बिरामी आएको बताउँदै अस्पतालका अर्का व्यवस्थापक जीवन मारिकुले शिविरमा चार जना विशेषज्ञ चिकित्सकसहितको टोलीले सेवा पु¥याएको बताए ।

शिविरमा आउनेमा ८० वर्ष उमेर माथिका बिरामीको सङ्ख्या धेरै रहेका छन् । अस्पतालले छुट्टै डेक्स नै स्थापना गरेर जनचेतना एवम् परामर्शसमेत दिन थालेको व्यवस्थापक मारिकुले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...