बजेटमा प्राथमिकता संघीयता कार्यान्वयन र स्थानीय तह

Bajet 1

काठमाडौं । अर्थमन्त्री कृष्णबहादुर महराले आफ्नो बजेटमा संघीयता कार्यान्वयन र स्थानीय तहलाई मुख्य प्रथामिकता दिएका छन् । महराले संघीय निजामति सेवा, प्रदेश निजामति, स्थानीय निजामति सेवा गरी निजामति सेवा पुनर्संरचना गरिने उल्लेख गरेका छन् ।

महराले नेपालको समग्र आर्थिक तथ्यांक संकलन गर्न आर्थिक गणनाको कार्य अघि बढाइने उल्लेख गरेका छन् । उनले सार्वजनिक सेवा प्राप्ती जनताको अधिकारको रूपमा कार्यन्वयन गरिने बताएका छन् ।

सरकारी सवारी दुरूपयोग हुन रोक्ने, मर्मत खर्च घटाउन बिशेष कार्यक्रम लागू गरिने उनको प्राथमिकताको सुचीमा परेको छ ।

सार्वजनिक सेवा प्राप्ती जनताको अधिकारको रूपमा कार्यन्वयन गरिनेछ ।सरकारी सवारी दुरूपयोग हुन रोक्ने, मर्मत खर्च घटाउन बिशेष कार्यक्रम लागू गरिनेछ । सरकारी स्वामित्वमा रहेका सार्वजनिक संस्थानहरूको स्तरोन्नती गरिनेछ । सरकारले सञ्चालन गर्न नपर्ने संस्थानहरूलार्इ अलग बनाइनेछ ।

प्रतिकृया दिनुहोस