भक्तपुरका प्रमुख उपप्रमुखद्वारा शपथ

Sapath

भक्तपुर । भक्तपुर नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्यले आज शपथ लिइ कार्यभार सम्हालेका छन् ।

मुख्य निर्वाचन अधिकृत भोजराज शर्माले नवनिर्वाचित नगरप्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीलाई शपथ गराए ।

सांसद प्रेम सुवालले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको भूमिका स्थानीय तहले गर्न पाउने अधिकार भएकाले यसलाई पूरा गर्ने जिम्मेवारी नवनिर्वाचित पदाधिकारीमा आएको बताए ।

प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले आफ्नो नगर तथा गाउँको विकास गर्ने अनेकौ अवसरलाई सफल बनाउन नवनिर्वाचित पदाधिकारीले ध्यान दिनुपर्नेमा जोड दिए ।

नवनिर्वाचित नगरप्रमुख प्रजापतिले स्थानीय तह प्रजातन्त्रको जग भएको बताउँदै संविधानले दिएको अधिकार प्रयोग गर्ने क्रममा आउने चुनौती सामना गरेर अघि बढ्ने बताए ।

उनले भने “संविधान कार्यान्वयनको क्रममा हाम्रा समक्ष चुनौतीको पहाड आएको छ, जनताको साथ लिएर त्यस्ता चुनौतीको पहाड पन्छाउँदै अगाडि बढ्छौ ।”

भक्तपुरलाई देशकै नमुना नगर बनाउने घोषणा गर्दै संरक्षण हुनबाँकी ऐतिहासिक एवम् पुरातात्विक सम्पदा र संरचनाको संरक्षण गर्ने, ख्वप विश्व विद्यालय स्थापना गर्ने, भक्तपुरलाई ज्ञान केन्द्रको रुपमा विकास गर्नेलगायतका विषयमा जोड दिने बताए ।

शपथग्रहण लगत्तै नगरपालिकाको भवनमा गएर नगरप्रमुख, उपप्रमुख र १० वटा वडाका वडा अध्यक्षले नगरपालिकाको पहिलो बैठक बसेका थिए । रासस

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज गुरुपूर्णिमा मनाइँदै, व्यास जयन्ती पनि आजै

Teacher recruitment

काठमाडौं । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट...