बाख्राको स्रोत केन्द्र स्थापना

Bakhara paln

नुवाकोट । तार्केश्वर गाउँपालिकाको तारुका र बुधसिंहका किसानको पहलमा बाख्राको स्रोतकेन्द्र स्थापना गरिएको छ ।

जिल्ला पशुसेवा कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा तार्केश्वर बाख्रापालक समिति निर्माण गरी स्रोतकेन्द्र सञ्चालनमा गरिएको हो । समितिमा आबद्ध ५० किसानले एक हजारभन्दा बढी बाख्रापालन गरेर त्यसलाई स्रोतकेन्द्रको रुपमा सञ्चालन गरेका छन् ।

पशुसेवा कार्यालयले १५ लाख सहयोग गरि घाँसको बीउ, डिपिङ ट्याङ्की, तराजु, तीस वटा ब्याडको बोका समेत सहयोग गरेको कार्यालय प्रमुख खगेन्द्रराज भट्टले जानकारी दिए । केन्द्रमा किसानले खरी, जमुनापारी र बोयरक्रस जातका ब्राखा पालेका तार्केश्वर ब्राखापालन समितिका अध्यक्ष मणिराज ढुङ्गानाले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...