माओवादीले ल्यायो दोस्रोपटक बजेट

Bajet

काठमाडौं । १० वर्षसम्म जनयुद्ध गरेको माओवादीले शान्तिकालमा आएपछि दोस्रोपटक बजेट ल्याएको छ ।

माओवादीबाट अर्थमन्त्री बनेर बजेट प्रस्तुत गर्ने कृष्णबहादुर महरा दोस्रो अर्थमन्त्री हुन् । यसअघि माओवादीबाट अर्थमन्त्री बनेका डा। बाबुराम भट्टराईले २०६५ सालमा बजेट पेश गरेका थिए ।

नेपालमा पहिलोपटक २००८ सालमा बजेट सार्वजनिक गरिएको थियो । त्यसबेला अर्थमन्त्री सुवर्णसमसेर राणाले ५ करोड १२ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका थिए ।

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महराले तीब्र आर्थिक विकास नै अबको लक्ष्य रहेको बताएका छन् । उनले संविधान बमोजिम स्थानीय विकास निर्माणका काम स्थानीय तहले नै गर्ने भएकोले स्थानीय तहलाई बलियो बनाउने लक्ष्य लिएको बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...