झाडापखाला उपचारमा प्रयोग हुने औषधि बिक्री वितरण सुरु

Jeevanjal jibanjal

धनगढी, नेपाल औषधि लिमिटेडले गत वैशाखदेखि उत्पादन गर्न थालेको झाडापखालाको उपचारका लागि प्रयोग हुने जीवनजल ७ नं प्रदेशबाट बिक्री वितरण गर्न थालेको छ ।

आयोजित पत्रकार सम्मेलनमा लिमिटेडका महाप्रबन्धक डा रोबसकुसुम सुवेदीले कम्पनीले पहिलो चरणमा जीवनजल उत्पादन गरी पहिलो बिक्री वितरण साविक सुदूरपश्चिम ७ नं प्रदेशबाट सुरु गरेको जानकारी दिए ।

स्वास्थ्य उपचार गर्न पाउने नेपालीको संवैधानिक हक अधिकारको प्रत्याभूति गराउन र कुनै पनि नेपालीले औषधिको अभावमा ज्यान गुमाउन नपरोस् भन्ने मनसायले कम्पनीले औषधि उत्पादन गरी बिक्री वितरण सुरु गरेको सुवेदीले बताए ।

कम्पनीले उत्पादन गरेको जीवनजल प्रतिप्याकेटको नौ ले बिक्री कायम गरिएको छ । बजारमा पाउने अन्य कम्पनीको जीवनजल प्रतिप्याकेटको मूल्य १० रहेको जनाइएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले कायम गरेको कुशल उत्पादन प्रक्रियाको मापदण्ड पालन गर्न नसक्दा लिमिटेडको औषधि उत्पादनको काम गत सात वर्षदेखि बन्द रहेको थियो ।

उद्योग मन्त्रालयको विशेष पहलमा गत वैशाखदेखि औषधि उत्पादन सुरु गरिएको कम्पनीका सचिव टीकाराम अर्यालले बताए ।

लिमिटेडले दोस्रो चरणमा सिटामोल, एमजिप्सलगायतका नन्पेन्सिलिन ट्याब्लेट उत्पादन गर्न लागेको र यी उत्पादनसमेत आगामी साउनसम्म बिक्री वितरण हुने बताइएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...