पोखरामा नवनिर्वाचितले लिए सफथ

१० प्रतिशत बृद्धभत्ता बढाउने घोषणा

Manbdr gc

पोखरा । पोखरा लेखनाथ महानगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुले सपथ तथा पदभार ग्रहण गरेका छन् ।

महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, उपप्रमुख मञ्जुदेवी गुरुङ लगायतका निर्वाचित जनप्रतिनिधिले आइतवार सपथ गहण गर्दै पदभार ग्रहण गरेका छन् ।

महानगरमा एक प्रमुख र एक उपप्रमुखसहित सबै वडाका वडाध्यक्ष, महिला एवं दलित सदस्य र दुई खुल्ला सदस्य गरी १६७ जना निवार्चित भएका थिए । पोखरा महानगरमा निर्वाचित प्रतिनिधिमार्फत दलित तथा अल्पसंख्यक समुदायबाट ३ जना थप गरी १ सय ७० जनाको नगरसभा बनाईने छ भने ३९ जनाको नगर कार्यपालिका गठन हुनेछ ।

महानगरका प्रमुख, उपप्रमुख र वडाध्यक्षलाई प्रमुख निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले र वडा सदस्यहरुलाई महानगरका प्रमुख जिसीले पद तथा गोपनीयताको सपथ गराएका थिए ।

उनीहरुले पदभार र सपथ ग्रहणसँगै तीन महत्वपूर्ण निर्णयसमेत गरेका छन् । पदभार र सपथ ग्रहण लगत्तै महानगरपालिकामा १० प्रतितशत बृद्धभत्ता बृद्धि गर्ने निर्णय गरिएका हुन् ।

सरकारले दिँदै आएको मासिक भत्तामा महानगरभित्र रहेका जेष्ठ नागरिकका लागि महानगरको आन्तरिक स्रोतबाट ब्यहोर्ने गरी १० प्रतिशत बृद्धि गर्ने निर्णय गरेको हो । यो निर्णय आगामी आर्थिक बर्ष २०७४/७५ देखि लागू हुनेछ ।

महानगरको सेवालाई १० दिन भित्र प्रभाबकारी बनाउने निर्णय गरिएको छ । महिला हिंसा पिडीतका लागि निःशुल्क कानुनी परामर्श सेवा प्रदान गर्ने निर्णयसमेत गरेको छ ।

उपप्रमुख गुरुङले आफ्नो कार्यकालमा पोखरा लेखनाथ महानगरलाई महिला हिंसा मुक्त, जेष्ठ नागरिकमैत्री, वालमैत्री, महिलामैत्री बनाउने प्रतिबद्धता समेत व्यक्त गरिन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...