‘जिएसएम, बिटियस’ टावर सेवा विस्तार

Mobile

बागलुङ, । बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लाका सबै ठाउँमा सेवा पुग्ने गरी ‘जिएसएम, बिटियस’ टावरलाई बढाएर धवलागिरि क्षेत्रमा मोबाइल सेवा विस्तारलाई तीव्र गति दिने लक्ष्य लिएको छ ।

पुरानो सेवामा समेत गुणस्तर वृद्धि गरिएको नेपाल टेलिकम शाखाले मोवाइल सेवा विस्तार गर्ने भएको छ ।
८६ वटा ‘जिएसएम, बिटियस’ टावरलाई बढाएर चालु आवभित्र १२० पु¥याउने लक्ष्य लिएको टेलिकम शाखा बागलुङले जनाएको छ ।

सेवा नपुगेका र कमजोर ‘नेटवर्क’ भएका ठाउँमा प्राथमिकताका साथ काम भइरहेको र छिट्टै धवलागिरिभरि गुणस्तरीय सेवा पु¥यइने कार्यालयका वरिष्ठ इन्जिनियर केशव शर्माले बताउए ।

सेवा अपुग रहेको ठाउँबाट माग भई आएमा तत्काल सम्बोधन गर्न दर्जन भन्दा बढी ठाउँमा टावर निर्माणाधीन अवस्थामा रहेको र कतिपय ठाउँको सम्झौता भई उपकरण आउने चरणमा रहेको जानकारी दिए ।

चारै जिल्लाका दुर्गम भेगमा टेलिकमको सेवा प्रभावकारी हुन नसकेको जनगुनासो बढेपछि टेलिकमले काम तीव्र बनाएको हो ।

नयाँ बन्ने सबै टावर सञ्चालनमा आएपछि चारै जिल्लाका सम्पूर्ण ठाउँमा मोबाइल सेवाको पहुँच पुग्ने जनाइएको छ ।

सेवा मात्र नथपेर गुणस्तरलाई समेत विशेष ध्यान दिइएको कार्यालयका इन्जिनियर अमृत नेपालले बताए । नयाँ थप गरिएको प्रविधिबाट ‘भ्वाइस’ र ‘डाटा’ दुवैमा ग्राहकले गुणस्तरीय सेवा पाउने उनको भनाइ छ ।

धवलागिरिमा ७३ ठाउँबाट ‘थ्रिजी’ सेवा दिने तयारीमा टेलिकम छ । अहिले ५० भन्दा बढी ठाउँबाट सेवा प्रवाह भइरहेको जनाइएको छ ।

सेवा विस्तारले चारै जिल्लाका अधिकांश भू–भागमा ‘थ्रिजी’ को पहुँच पुग्ने जनाइएको छ । पुरानो ‘टुजी’ सेवामा पनि स्तरोन्नतिको काम भइरहेको छ ।

प्रतिकृया दिनुहोस