सफल बन्दै सरकारी अभियान

विद्युत चुहावट नियन्त्रण गर्न सफल

Bidhyut line

काठमाडौं । सरकारले विद्युत चुहावट ४.२ प्रतिशतले घटेको दावी गरको छ । यसलाई सरकारले सोचेअनुसार नै सफल भएको दावी पनि गरको छ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७३/७४ को आर्थिक सर्वेक्षणमा अघिल्लो आवको पुस मसान्तसम्मको चुहावटको तुलनामा विद्युत चुहावटमा ४।२ प्रतिशतले घटेको जनाएको छ ।

विराटनगर कोरिडोरका उद्योगमा चार घन्टा र वीरगन्ज कोरिडोरका उद्योगमा ६ घन्टा, भैरहवा कोरिडोरमा विद्युत् प्रसारण प्रणाली क्षमताको कारणले ६ घन्टाको आसपासमा विद्युत् कटौती हुने गरेको छ ।

चालु आवमा विद्युत् चुहावट पाँच प्रतिशतले घटाउने लक्ष्य राखिएकामा सो अभियान निरन्तर अगाडि बढ्ने बताइएको छ । अघिल्लो आवमा ती सबै औद्योगिक कोरिडोरमा दैनिक १२ घन्टा विद्युत्भार कटौती हुने गरेको थियो ।

आव २०७३/७४ मा विद्युत् व्यवस्थापन तथा चुहावटमा उल्लेखनीय सुधार गरी विद्युतभार कटौतीमा कमी आएको सरकारी दावी छ ।

काठमाडौँ, पोखराजस्ता महत्वपूर्ण र ठूला सहरमा विद्युत्भार कटौती अन्त्य भएको, औद्योगिक क्षेत्रमा साँझको समयमा चार घन्टा मात्रै विद्युत् कटौती हुने गरेको तथा घरेलु ग्राहकका लागि भने कुनै पनि प्रकारको विद्युत् कटौती नभएका कारण ऊर्जाको अवस्थामा गुणात्मक सुधार आएको उल्लेख गरिएको छ ।

यस्तै आव २०७२/७३ मा कुल विद्युत् उत्पादन ८५५.८९ मेगावाट रहेकामा चालु आवको प्रथम आठ महनिामा विद्युत् उत्पादन १०५.३ मेगावाट अर्थात् १२।३ प्रतिशतले वृद्धि भई कुल जडित क्षमता ९६१.२ मेगावाट पुगेको छ ।

राष्ट्रिय प्रसारण प्रणालीमा नजोडिएको ४.५ मेगावाट विद्युत् भने ग्रामीण क्षेत्रमा नै उपभोगको अवस्थामा रहेको छ । चालु आवमा विद्युत् माग एक हजार ४४४ मेगावाट रहेको छ । माग र आपूर्तिबीचको फरक ४८२ मेगावाट रहेको छ ।

सर्वेक्षणअनुसार चालु आवमा विद्युत्भार कटौती अन्त्यका लागि भारतबाट एक हजार १७१.३८ गिगावाट घन्टा बराबरको विद्युत् आयात भएको छ । अघिल्लो आवमा यस्तो अनुपात आयात एक हजार ७८२।८६ गिगावाट घन्टा बराबर रहेको थियो । अझै पनि दैनिक करिब २४ लाख युनिट ऊर्जाको कमी रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

चालु आवमा ज्याग्दी खोला ९दुई मेगावाट, ठुङ्गन ठोस्ने ९४.३६ मेगावाट०, माथिल्लो मस्र्याङदी ‘ए’ ९५० मेगावाट, दारौँदी खोला ९१.६ मेगावाट, खानी खोला  दुई मेगावाट, मिया खोला ९एक मेगावाट०, माथिल्लो मोदी ९२५ मेगावाट० र हेवा खोला ‘ए’ ९१४.९ मेगावाट० विद्युत् निर्माण आयोजना सम्पन्न भएको छ ।

नेपाल विद्युत् प्राधिकरण र यसका सहायक कम्पनीमार्फत सरकारको लगानी भएका कुल ७४० मेगावाट क्षमताका ६ वटा जलविद्युत् आयोजना निर्माणको चरणमा रहेको र २०८० सालसम्म सबै आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आउनेछन् ।

चालु आवको आठ महिनामा तीन हजार २०४ सर्किट किमी विद्युत् प्रसारण लाइन निर्माण भएको छ । अघिल्लो आवको सोही अवधिमा दुई हजार ८४८ सर्किट किमी प्रसाराण लाइन निर्माण सम्पन्न भएको थियो ।

यस्तै, आर्थिक सर्वेक्षणअनुसार विद्युत् उपभोग गर्ने ग्राहकको सङ्ख्या अघिल्लो आव २९ लाख ६९ हजार ५७६ बाट ५१ प्रतिशतले बढेर चालु आवको प्रथम आठ महिनामा ३१ लाख २१ हजार ९०२ पुगेको छ । सोही अवधिमा विद्युत् वितरण लाइन एक लाख २४ हजार ९७६ किमी पुगेको छ ।

आर्थिक सर्वेक्षणअनुसार २०७२ साल फागुन मसान्तसम्म कुल ८९७ मेगावाट क्षमताका ७२ आयोजनाले विद्युत् उत्पादन अनुमतिपत्र प्राप्त गरी सञ्चालनमा रहेको र तीन हजार ५२४ मेगावाट क्षमताका १४० आयोजनाले विद्युत् उत्पादन अनुमतिपत्र लिई निर्माणको चरणमा रहेको छ ।

आव २०७३/७४ को प्रथम आठ महिनामा १३२ केभी तथा अन्य भोल्टेज स्तरका प्रसारण लाइन विस्तार आयोजनातर्फ ५६ र वितरण लाइनतर्फ ८९ वटा आयोजना गरी एक हजार ५९ किमी प्रसारण लाइन आयोजना सम्पन्न भएको र अघिल्लो आवको सोही अवधिमा पाँच हजार १७ किमी प्रसारण लाइन सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस