एटिएम सेवा नहुँदा सेवाग्राही मारमा

Bank

उदयपुर । उदयपुर जिल्लाको पश्चिमी क्षेत्रको प्रमुख व्यापारिक केन्द्र कटारी बजारका रहेका झन्डै आधा दर्जन सरकारी तथा निजी बैंकले एटिएम सेवा सुचारु नगर्दा सेवाग्राही मारमा परेका छन् ।

बैंकले एटिएम सेवा सुचारु नगर्दा बैंकमा कारोबार गर्ने र रकम निकाल्ने सेवाग्राहीले कष्ट भोग्नु हो ।

जिल्लाकै दोस्रो ठूलो व्यापारिक केन्द्र भएर पनि अझैसम्म कटारीका बैंकले एटिएम सेवा उपलब्ध गराउन नसक्दा सेवाग्राहीले दश हजार रकम बैंकबाट लिन पनि दुई घन्टा भन्दा बढी समय लाइनमा बस्नुपर्ने बाध्यता छ ।

राष्ट्रिय वाणीज्य बैंक कटारी शखामा त रकम लिनको लागि एटिएम सेवा नहुँदा झनै धेरै समयसम्म लाइनमा बस्नुपर्ने स्थानीय व्यवसायी मोहन दाहालबताए ।

वर्षौंदेखि एटिएम मेसिन राख्न प्रयास गरे तापनि सफल नभए पनि आफूले प्रयास गर्दै आएको राष्ट्रिय वाणीज्य बैंकका कटारीका शाखाका प्रमुख उमापति बास्तोला बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...