बहुमूल्य काठ बिक्रीबाट दुई करोड आम्दानी

Katha

काठमाडौँ, । चालु आर्थिक वर्षको दश महिनामा बहुमूल्य काठ साल, सिसौ, खयर, चाँपलगायतका काठ बिक्रीबाट सामुदायिक वनले एक करोड ९१ लाख आम्दानी गरेको छ ।

विभागले सामुदायिक वनबाट आम्दानी भएको रकम समुदायलाई नै दिँदै आएपनि बहुमूल्य काठको बिक्री वितरणबाट जम्मा भएको रकमको १५ प्रतिशत भने सम्बन्धित जिल्ला वन कार्यालयले लिँदै आएको छ ।

विभागले आव २०७२÷७३ मा सात करोड आम्दानी गरेपनि यो वर्षभने धेरै कम आम्दानी गरेको हो ।

विसं २०३० मा सिन्धुपाल्चोकको ठोकर्पा वनमा सिन्धुपाल्चोकका तत्कालीन प्रधानपञ्च नीलप्रसाद भण्डारीको योगदानमा सामुदायिक वनको अवधारणा सुरु भए पनि हाल नेपालमा १९ हजार ३६१ सामुदायिक वन छ ।

अहिलेसम्म ७४ जिल्लामा सामुदायिक वन छ भने मुस्ताङमा कुनै सामुदायिक वन छैन । उक्त सामुदायिक वनबाट हाल २४ लाख ६१ हजार ५४९ घरधुरी लाभान्वित भएको विभागले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...