साताको सेयर बजार दुर्ई अर्ब ६९ करोडको कारोबार

काठमाडौँ, । धितोपत्र बजारमा दुई अर्ब ६९ करोड १९ लाख ४८ हजार बराबरको सेयर कारोबार भएको छ ।

जेठ पाँच गतेदेखि दश गतेसम्म ४५ लाख ६७ हजार ९० कित्ता सेयर खरिद बिक्री भएको नेपाल स्टक एक्चेन्ज लिमिटेडले जानकारी दिएको छ । कारोबार रकम गत साताको भन्दा ४।२७ प्रतिशत बढी रहेको छ ।

गत साता १५५ कम्पनीको दुई अर्ब ५८ करोड १७ लाख ८७ हजार बराबरका ८३ लाख २६ हजार दुई २२० कित्ता सेयर खरिदबिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २।३४ अङ्कले बढेर अन्तिम दिन १६२९।५८ अङ्क पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ०।१३ अङ्कले बढेर ३४५।९९ अङ्कमा आइपुगेको छ ।

यस साता कारोबार रकमको आधारमा हिमालय जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । सो कम्पनीको १३ करोड ७६ लाख ८० हजार बराबरको सेयर कारोबार भएको थियो ।

त्यसैगरी, कारोबार भएको सेयर सङ्ख्याको आधारमा ललितपुर फाइनान्स कम्पनी लिमिटेड संस्थापक अग्रस्थानमा छ । सो कम्पनीको चार लाख ४४ हजार कित्ता सेयर खरिद बिक्री भएको स्टकले जनाएको छ । रासस

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...