मूल्य नपाएपछि उत्पादित अलैँैची घरमै थन्क्याउन बाध्य

Aalaichi

पर्वत । अघिल्लो वर्षको तुलनामा यो वर्ष अलैँचीको मूल्य करिब आधाले घटेपछि पर्वत जिल्लाको भोक्सिङका किसानले उत्पादन गरेको अलैँची बिक्री गर्न सकेका छैनन् ।

गतवर्ष प्रतिकिलो दुई हजार ८०० मा बिक्री भएको अलैँची यो वर्ष एक हजार ४०० मा पनि बिक्री नभएपछि २५ जना पूर्व लाहुरेले सहकारीमार्फत उत्पादन गरेको अलैँची बिक्री नभएर थन्किएको छ ।

पोखराका व्यापारीले अलैँची ल्याइदिन आग्रह गरेपनि पोखरा पु¥याउँदा मूल्य नै घटेको सहकारी संस्थाका सदस्य नारायण गुरुङले बताए । अघिल्लो वर्ष व्यापारीले फोनमार्फत सम्पर्क गरेर गाउ मै आउने बताए पनि यसवर्ष पोखरा पु¥याउँदा समेत बजार नपाएको उनको गुनासो थियो ।

सम्पर्कमा आएका व्यापारीले प्रतिकिलो बढीमा एक हजार ४०० भन्दा बढी दिन नमानेपछि किसानले बिक्री नगर्ने सोच बनाएका छन् । पचसय रोपनीमा रोपेको अलैँचीले आगामी वर्ष १५ टनसम्म उत्पादन दिने आशा राखिएको छ । यो वर्षको उत्पादन बिक्री गर्न नपाउदा कर्मचारीलाई पारिश्रमिक दिन समस्या भएको किसानले बताएका छन् ।

पाचसय रोपनीमा अलैँची रोपेको सहकारीले यो वर्ष एक लाख बिरुवा थप्ने तयारी गरिरहेको छ । भोक्सिङका पूर्व लाहुरेले दुई करोडको लगानीमा स्थानीय लोसेपाखामा अलैँचीको व्यावसायिक खेती गरेका छन् । रामशाही र गोलशाही जातको अलैँंचीबाट राम्रो आम्दानी लिन सकिने भएपछि उनीहरुले आगामी वर्ष दुई हजार रोपनी पु¥याउने लक्ष्य राखेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...