देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव, यी स्थानहरुमा पानी पर्ने

Mausam news

काठमाडौं । अहिले देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ । बिस्तारै देशभर चिसो बढ्दै गएको छ । देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै छ ।

कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही कोशी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिंम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । साथै यी प्रदेशका पहाडी भू(भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू-भागका एकरदुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।

आज राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एकरदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।

आज दिउँसो काठमाडौँ उपत्यकामा पनि पानी पर्ने सम्भावना रहेको तर सम्भावना कम नै देखिएको मौसमविद् रोजन लामिछानेको भनाइ छ । मौसम महाशाखाले आफ्नो वेबसाइटमा आज दिउँसो उपत्यकामा पानी पर्ने सम्भावना २० प्रतिशत मात्र देखिएको उल्लेख गरेको छ ।

प्रतिकृया दिनुहोस