निषेधित क्षेत्र तोड्न खोज्दा रास्वपाका कार्यकर्तामाथि पोखरामा अश्रुग्यास प्रहार

Rsp rspgyas prahar

पोखरा । सभापति पक्राउ विरोधमा प्रदशर्नमा उत्रिएका रास्वपा कार्यकर्तामाथि प्रहरीले पोखरामा अश्रुग्यास प्रहार गरेको छ । रास्वपाका नेता कार्यकर्ताले रत्नचोकहुँदै वाइ चोकमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।

प्रदर्शनकारीले रत्नचोक हुँदै वाइ चोकमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । पोखरास्थित जिरो किलोमा भेला भएका रास्वपाका नेता कार्यकर्तासहितका समर्थकले लामिछानेको पक्षमा नाराबाजी गरेका थिए । प्रदर्शनमा सहभागीहरूले लामिछानेको रिहाइको माग गरेका छन् ।

राजनीतिक प्रतिशोध साँधेर सभापति लामिछानेलाई राज्यले फसाउन खोजेको रास्वपाले दाबी गर्दै आएको छ । सहकारी ठगी तथा संगठित अपराधको आरोपमा लामिछाने यही कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।

लामिछानेमाथि अनुसन्धानका लागि कास्की जिल्ला अदालतले पहिलो पहिलो पटक ६ दिन र दोस्रो पटक ७ दिनको म्याद थपेको थियो । उक्त म्याद कात्तिक १४ गतेसम्म रहेकोमा त्यसपछि तिहार बिदा परेकाले लामिछानेलाई आज अदालतमा पेस गरिएको हो ।

प्रतिकृया दिनुहोस