धनकुटाको कोल्बोटेमा बस दुर्घटना हुँदा २६ जना घाइते

Bus accident

धनकुटा । कोशी राजमार्गको धरान–धनकुटा सडक खण्डअन्तर्गत साँगुरीगढी–६ कोलबोटेमा शनिवार यात्रुवाहक बस दुर्घटना हुँदा २६ यात्रु घाइते भएका छन् ।

धरानबाट धनकुटाको पाख्रिबासस्थित सान्नेतर्फ जाँदै गरेको को. १ ख. २७५५ नम्बरको यात्रुवाहक बस सडकबाट ५० मिटर तल खसेर रुखमा अड्किएको थियो । घाइते २६ मध्ये चार जनाको अवस्था गम्भीर रहेको र उनीहरुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जनाइएको छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भेडेटारका प्रहरी निरीक्षक रमेश प्रधानले बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...