दलका नेतामार्फत चीनले दियो बाढीपीडितलाई सहयोग

Rahat bitaran

काठमाडौं । चीनले नेपालका बाढीपीडितलाई राजनीतिक दलहरुमार्फत राहत सामग्री उपलब्ध गराएको छ ।

काठमाडौंमा एक कार्यक्रमकाबीच चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागले दलका प्रतिनिधिहरुलाई राहत सामग्री प्रदान गरेको हो । राहत सामग्रीमा घरायसी कामका किट्स, ठुला टेन्ट, स्वास्थ्य उपकरण, मिनरल वाटर, खाद्यान्न लगायत छन् ।

चीनको विदेश विभागले १ करोड ९० लाख बराबरको राहत सामग्री हस्तान्तरण गरेको काँग्रेस केन्द्रीय सदस्य मधु आचार्यले जानकारी दिए । नेपाली काँग्रेसका मधु आचार्य, नेकपा एमालेका गोपाल खनाल, नेकपा एकीकृतका रामकुमार भट्टराई र माओवादी केन्द्रका प्रतिनिधिले राहत ग्रहण गरे । अन्य दलमार्फत पनि राहत उपलब्ध गराउने चिनियाँ प्रतिनिधिले जानकारी दिए ।

ती सबै सामग्री काठमाडौं १२ का पीडितलाई वितरण गरिनेछ । दलहरुको सिफारिसमा अन्य क्षेत्रका लागि समेत चीनले सहयोग प्रदान गर्नेछ । कार्यक्रममा चीनको सद्भाव र सहयोगका लागि नेताहरूले धन्यवाद दिएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...