बाढीपहिरो अपडेट : मृतकको संख्या २०९ पुग्यो, १४२ जना घाइतेको उद्धार

Badhi pahiro 14

काठमाडौं । असोज १० गतेदेखि परेको वर्षाका कारण आएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या २०९ पुगेको छ ।

गृहमन्त्रालयका अनुसार सोमबार साँझसम्मको अपडेट अनुसार २०९ जनाको मृत्यु भएको हो । अद्यावधिक विवरणअनुसार, २९ जना अझै बेपत्ता छन् भने बाढीपहिरोबाट उद्धार गरिएका १४२ जना घाइते रहेका छन् ।

अहिलेसम्म काभ्रे, ललितपुर र सिन्धुली लगायतका जिल्लाबाट हेलिकप्टरमा ७१३ भन्दा बढीको उद्धार गरिएको छ भने अहिलेसम्म कुल ४ हजारभन्दा बढीको उद्धार गरिएको छ । विपद्का घटनामा सुरक्षाकर्मीहरुले मुलुकभरका प्रभावित क्षेत्रबाट चार हजार भन्दा बढीको सकुशल उद्धार गरेको छ ।

अहिले देशैभरि मौसममा क्रमिक सुधार हुँदै गइरहेको छ भने बाढी र डुबानमा फसेको जनजीवन समेत सामान्य बन्दैछ । गृह मन्त्रालयले दिएको जानकारी अनुसार विपद्का कारण अवरुद्ध राजमार्गहरु तीव्र रुपमा सुचारु भइरहेको छ भने कतिपय बढी प्रभावित राजमार्गमामा वैकल्पिक सडक सञ्चालनमा तयारी पनि भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...