दाउन्नेमा भाँसियो सडक, सयौँ यात्रु परे अलपत्र

Narayanghat butwal road

परासी । पूर्व-पश्चिम राजमार्गअर्न्तगत पश्चिम नवलपरासीको दाउन्नेमा सडक भाँसिएको छ । सडक भासिएको र पोल ढलेको कारण यातायात पूर्णरुपमा अवरुद्ध भएको छ ।

विद्युत हाइटेन्सन लाइनको ठूलो पोल पनि सडकतर्फ ढलेको छ । प्रहरीले सडक चर्किएर साढे १ फिट भासिन पुगेको बताएको छ । अहिले साँझ सवा ५ बजेदेखि सडक पूर्ण रुपमा अवरुद्ध भएको र बाटो खुलाउन, सडक डिभिजन कार्यालय र विद्युत कार्यालयसँग समन्वय भइरहेको प्रहरीको भनाइ छ ।

यातायात अवरुद्ध भएपछि सयौँ यात्रु अलपत्र परेका छन् । सडक डिभिजन कार्यालय र विद्युत कार्यालय नवलपरासीसँग समन्वय गरेर अवरोध हटाउने काम भइरहेको जनाएको छ । 

बाटो धसिएपछि पूर्वबाट पश्चिम जाने गाडीहरु दुम्किवासमा रोकिएका र पश्चिमबाट पूर्व जाने गाडीहरु बर्दघाटमा रोकिएका नवलपुर प्रहरीले जनाएको छ । बाटो अवरुद्ध भएका कारण सयौंको संख्यामा यात्रुहरु अलपत्र परेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...