अखिल (क्रान्तिकारी) काे केन्द्रीय उपाध्यक्षमा भण्डारीकाे उम्मेदवारी

Basanta

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को भातृ संगठन अनेरास्ववियू क्रान्तिकारीको २३ औं सम्मेलन बिहिबारबाट सुरु भएको छ।

त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा सुरु भएको सम्मेलनको उद्घाटन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए ।

वर्तमान कार्यसमितिका केन्द्रीय सचिव बसन्ता भण्डारीले केन्द्रीय उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छन्।

उनले एक अपिल मार्फत उम्मेदवारी घोषणा गरेकी हुन् । भण्डारीले आफ्नो उम्मेदवारी सङ्गठनलाई नीति, विधि र थितिमा चलाउनका लागि भएको बताईन् ।

केन्द्रीय उपाध्यक्षका उम्मेदवारी भण्डारीले आफ्नो उम्मेदवारी विद्यार्थी आन्दोलनलाई प्रश्न गर्ने मात्र नभएर उत्तर दिन सक्ने आन्दोलन बनाउनका निम्ति भएको बताईन् ।

उनले भनिन् ‘मेरो उम्मेदवारी क्रान्तिकारी विद्यार्थी आन्दोलनलाई रहरलाग्दो र भरलाग्दो बनाउनका लागि हो ।’ उनलेे अगाडि भनिन्, ‘राजनीतिक एजेन्डामा रुमल्लिएको विद्यार्थी आन्दोलनको औचित्य समाप्त भयो भनिरहेको सन्दर्भमा यस्को औचित्यता अझै छ भन्ने कुराको पुष्टि गर्ने गरि विद्यार्थीका मुद्दामा फर्काउन र विद्यार्थीको नेता विद्यार्थीलाईनै बनाउनका आफ्नो उम्मेद्वारी हो ।’

गुल्मी धुर्कोट गाउँपालिका वडा ६ मा जन्मेकी भण्डारी क्रान्तिकारीकाे नेतृत्वदायी भुमिका निर्वाह गर्दै २०६५ सालमा रेसुङा बहुमुखी क्याम्पसको इकाई उपाध्यक्ष हुँदै विभिन्न सम्पर्क मन्चमा नेतृत्वदायी भुमिका निर्वाह गर्दै २०७२ सालमा पद्मकन्या बहुमुखी क्याम्पस समितिकाे अध्यक्ष, केेेन्द्रीय सदस्य हुँदै अखिल क्रान्तिकारीको २२ औं सम्मेलनबाट केन्द्रीय सचिव जिम्मेवारी सम्हालेर अनुभवी नेतृ भण्डारी हुँदै गरेको सम्मेलनबाट केन्द्रीय उपाध्यक्षमा उम्मेदवारी दिएकी हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...