झ्याप्ले खोलाको पहिरोबाट अहिलेसम्म ३५ शव निकालियो

Jhyaple

काठमाडौँ । पृथ्वी राजमार्गको झ्याप्ले खोलामा पहिरोले अहिलेसम्म पुरिएका ३५ जनाको शव निकालिएको छ । 

प्रहरीका अनुसार शनिबार १४ जनाको शव निकालिएकोमा आइतबार अहिलेसम्म २१ जनाको शव निकालिएको हो ।

अहिलेसम्म निकालिएका शव त्रिवि शिक्षण अस्पतालमा पठाइएको र आफन्त बेपत्ता भएका परिवारले प्रमाणपत्र सहित सम्पर्क गरिदिन खानीखोला प्रहरीले अनुरोध गरेको छ ।   

झ्याप्ले खोलामा गएको पहिरोमा अहिलेसम्म बुटवलबाट आएको विंगर, गोरखाबाट आएको बस र चितवनबाट आएको माइक्रो बस परेको पुष्टि भएको छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पहिरो उत्खनन गर्दा आइतबार बिहान बस र माइक्रो बस भेटिएको हो । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...